सम्पूर्ण समाचार

अदालत–भूमाफिया कनेक्सन, साढे पाँच बिघा सरकारी जमिन व्यक्तिको नाममा

झापा, ३ जेठ। झापाको एक सरकारी कार्यालयको साढे ५ बिघा जमिन भूमाफियाले अदालतलाई नै प्रभावमा पारेर आफ्नो नाममा पारेको खुलासा भएको छ । शिवसताक्षी नगरपालिकास्थित कन्काई सिँचाइ आयोजनाको करोडौं मूल्य पर्ने जमिन झापा जिल्ला अदालतका तत्कालीन न्यायाधीश पर्णेश्वरप्रसाद उपाध्याय र पुनरावेदन अदालत इलामका न्य. . .


उच्च अदालत विराटनगरकाे ओखलढुंगा इजलाशको आदेशले २६ कर्मचारीको जागिर गयो

ओखलढुंगा, २ जेठ ।  उच्च अदालत विराटनगर, ओखलढुंगा इजलाशले चम्पादेवी गाउँपालिकाले कानुन मिचेर गरेका कर्मचारीको नियुक्ति बदर गरेको छ। संघीय कानुनविपरीत प्राविधक कर्मचारी र शिक्षकको नियुक्ति उत्प्रेषणको आदेशद्वारा बदर गरेको हो।  गाउँपालिकाले संघीय कानुन तथा स्थानीय ऐन तथा कार्यविधीको क्षेत्राधिका�. . .


मोरङको झोराहाटमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा चालकदय गम्भिर घाईते नोवेल अस्पतलामा भर्ना

विराटनगर २ जेठ । मोरङको झोराहाट २ मा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा चालकदय गम्भिर घाईते भएका छन् । बिहिबार विहान ८ ः ३० बजेको समयमा विराट चोकदेखी विराटनगर आँउदै गरेको को १८ प ५३८७ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आँउदै गरेको को १२ प ६९९८ नम्बरको मोटरसाईकलसँग एक आपस ठक्कर खाँदा दुवै चालक घाईते भ. . .


प्रदेश १ मा नाै सय दरबन्दी खाली, सरकार लाेकसेवा आयाेग गठनकाे तयारीमा

विराटनगर, २ जेठ । प्रदेश १ सरकारले बजेट अधिवेशनमा तीन वटा विधेयक ल्याउने तयारी गरेको छ। प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोक सेवा आयोग, प्रदेश निजामती विधेयक र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने तयारी गरिएको जानकारी दिए। प्रदेश १ का प्रादेशिक कार्यालयमा दुई हजार चार सय कर्मचारीको दरबन्दी छ। त�. . .


प्रदेश नम्बर १ मा अत्याधुनिक इन्डोेर आईसपार्क बन्दै , वाटर पार्कको मज्जा लिन सकिने

विराटनगर जेष्ठ २ । प्रदेश नम्बर १ को सुनसरीको इटहरीमामा इन्डोेर आईसपार्क  बन्ने भएको छ । इटहरीका रमाइला पार्कहरूमा मानिसको आकर्षण बढ्न थालेपछि उद्यमी भीम पौडेलको समूहले ४ बिघा क्षेत्रफलमा अत्याधुनिक शैलीको पार्क बनाउने भएको छ। दश वर्षयता पिकनिक स्थलका रूपमा भीड बढ्न थालेको इटहरी उपमहानगरपालिका �. . .


नेपालको लाइसेन्स र भारतको आधार कार्ड बोक्ने साह विराटनगरबाट पक्राउ

विराटनगर, १ जेठ । दोहोरो नागरिकता लिएको हुन सक्ने आशंकामा विराटनगरबाट एक ब्यक्ति पक्राउ परेका छन् । नेपालमा बनेको सवारी चालक अनुमति पत्र र भारतमा बनेको आधार कार्ड भेटिएपछि उनलाई गए राति विराटनगर महानगरपालिका–३ खार्जीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–९ मा बस्दै आएका ३६ वर्षीय विमलेस सा�. . .


डा. विमल अग्रवाल फलोअप : नौ दिनदेखि अस्पतालको शैयामा, शुभचिन्तका आँखामा आँसु

प्रेम देवान, विराटनगर, १ जेठ । वरिष्ठ बालरोग विशेषज्ञको रुपमा डा. विमल अग्रवाललाई नचिन्ने प्रदेश १ मा सायदै होलान् । धेरै बालबालिकाको उत्कृष्ट उपचार गरेर ख्याती कमाएका डा. अग्रवाल अहिले अस्पताल शैयामा छन् । वैशाख २४ गते आफै गाडी चलाएर नोवेल अस्पताल पुगेका अग्रवाललाई मस्तिष्कघात पछि नौ दिन देखि अस्पत. . .


शुरु भयो नमुना बिद्यालयको ७८ करोड खर्च गर्ने अभियान, ईमान्दार पुर्बक काम भए टंकीको मुहार फेरिन्छ

विराटनगर, १ जेठ । बुढीगंगा गाउँपालिकामा रहेको नरग्राम माध्यामिक बिद्यालय नमुना बिद्यालयहरुमा परेसँगै भोतिक संरचना निर्माणको काम शुरु गरेको छ । टंकीसिनवारी चौकमा रहेको नरग्राम माध्यामिक बिद्यालयले नमुना बिद्यालयको सुचिकृतमा परेपछि त्यसको लागि आबस्यक पर्ने भौतिक पुर्बाधारका कामहरु शुरु गरेको हो . . .


छाेरीकाे मृगौला उपचारका लागि विराटनगरमा भाैँतारिँदै आमा धनमाया तामाङ

विराटनगर, १ जेठ ।  दुवै मृगौलामा खराबी देखिएसँगै छोरीको अवस्थाप्रति चिन्तित आमा धनमाया तामाङ यतिबेला आर्थिक जोहोका लागि सहयोगको याचना गरिरहेकी छिन्। विराटनगर महानगरपालिका–१३ निवासी २५ वर्षीया पार्वती तामाङको गत मंसिरपछि स्वास्थ्यमा समस्या देखिँदै आएको थियो। दुवै मृगौलामा खराबी बढेसँगै ६० वर्षि. . .


करेन्ट लागेर घाईते भएका सुनबर्सीका ईलयाज उपचारका लागि भौतारिँदै, नगरपालिकाको २ हजार सहयोग

रबिन्द्र बराल रंगेली, ३१ बैशाख । मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर ८ कुडेलीकको बिश्वकर्मा टोल छ । यहाँ बसोवास इलयाज मियाँका २२ बर्षका छोरा रहेमान मियाँको टाउकामा ठुलो घाउ छ तर उपचार हुन् सकेको छैन। उनी उपचारको सहयोगको आग्रह गर्दै सुनवर्सी नगरपालिका गए तर नगरपालिकाले आर्थिक सहयोगको नामा जम्मा २ हज�. . .


विराटनगरकाे साल्ट ट्रेडिङबाट १९ लाख बढी मूल्यको रासायनिक मल  गायव

विराटनगर, ३१ बैशाख।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कोशी कार्यालय विराटनगरमा भण्डारण गरिएको १९ लाख भन्दा बढी मूल्यको रासायनिक मल  गायव प्रकरण सार्वजनिक भएको छ। सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको २ हजार १६७ बोरा अर्थात् १९ लाख ७ हजार ३५० रुपैयाँ बराबरको रासायनिक मल भण्डारण गरिएको गोदामबाटै हराए�. . .


बुढीगंगामा अन्तरजातीय भागी विवाह प्रकरण : पानी नदिएको विषयमा अनुसन्धान सुरु

विराटनगर, ३१ बैैशाख ।  दलित मुसहर युवा र थापा क्षत्री युवती भागेसँगै दलित वस्तीमाथि खानेपानी नै नदिएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। थापा परिवारका प्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालय मोरङ बोलाएर प्रहरीले बयानसमेत लिएको छ। साथै मुसहर युवासँग भागेकी युवतीको खोजी पनि सुरु गरिएको मोरङका प्�. . .