सम्पूर्ण समाचार

यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको जनाएको छ । अहिले देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि म�. . .


बढ्यो पाउण्डको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको मूल्य स्थिर छ । यूरो सामान्य बढ्दा बेलायती पाउण्डको विनिमयदर करिब तीन अंकले बढेको छ । बुधबार १७२ मा कारोबार भएको बेलायती पाउण्डको बिक्री दर आज १७४ रुपैयाँ ७९ पैसा पुगे�. . .


रानीमा प्रहरीको वान्टेन दुर्घटनामा २३ जना घाइते

विराटनगर । विराटनगर १५ भट्टीमोडमा बुधबार साँझ भएको दुर्घटनामा २३ जना प्रहरी घाइते भएका छन् । कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट थप मद्दतको लागि प्रहरी निरीक्षक मिलन थापाको कमाण्डमा ५४ जनाको प्रहरी टोली २ न. ढाटतर्फ जाने क्रममा दुर्घटना भएको हो । बा १ ग २५५९ नम्बरको वान्टेन गाडी अन्यन्त्री�. . .


बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय २४ जनाको मृ*त्यु

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कण�. . .


गृहमन्त्री हुँदा रवि लामिछानेले स्टन्ट मात्रै गरे : मन्त्री गुप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरु एक वर्षमा फेरिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी एक वर्षमा मन्त्रीहरुको सेट नै फेरिने र त्यतिब�. . .


विराटनगरमा प्रहरीको गाडी पल्टियो, २२ जना घाइते

विराटनगर । विराटनगरस्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा २२ जना प्रहरी घाइते भएका छन् । बुधबार बेलुका कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरीहरू डियुटी सकेर फर्किंदै गर्दा गाडी पल्टिदा दुर्घटना भएको हो । घाइते भएका प्रहरीहरुको उपचार विराटनगरस्थित कोशी अस्पतला, न्यूरो र नोबेल . . .


आज नेप्से ५४ अङ्कले बढ्यो

काठमाडौं । आज नेप्से उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ विन्दुमा पुगेको छ । आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै पाँच वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सिटिजन्स म�. . .


विराटनगरमा बढ्दै मोटरसाईकल चोरी, घरबाटै चोरी हुन्छन् सवारीसाधन

इन्दु साह विराटनगर । विराटनगरमा पछिल्लो समय मोटरसाईकलको चोरी बढ्दो छ । जिल्ला प्रहरी कार्यालय मोरङले गतआर्थिक (२०८०/२०८१) वर्ष हराएकामध्ये २६ मोटरसाईकल फेला पारेको छ । जिल्लाभर १६१ मोटरसाइकल हराएको भन्ने उजुरी प्राप्त भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । विराटनगर महानगर भित्र मोटरसाईकल र साईकल चोरी . . .


प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले अब साउन ६ गत बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । आज प्रधानमन्त्री ओलीले केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग छलफल गरेसँगै �. . .


कानको मुन्द्री तान्न नदिदाँ बालकमाथि कुटपिट, घाइतेको मृत्युपछि संलग्न पक्राउ

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्मा ६ वर्षीय बालकको हत्या आरोपमा पक्राउ परेका छन् । मदिरा सेवन गरेर ६ बर्षीय बालकको कानको मुन्द्री तान्न खोज्दा इन्कार गरेपछि बालकमाथि कुटपिट गरेर घाईते बताएका थिए । मंगलबार दिउँसो घाईते बालकको उपचारका लागि अस्पताल भर्ना ग. . .


विराटनगरका समाजसेवी भैरोदान सुरानाको निधन

विराटनगर । विराटनगरमा रहेर साहित्य तथा समाजसेवाको क्षेत्रमा क्रियाशिल भैरोदान सुरानाको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयसँग स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल तथा विराटनगर तीनपैनीस्थित आफ्नै निज निवासमा उपचारत सुरानाको बुधबार मध्यान्ह निधन भएको हो । परिवारका सदस्य अरुण सुरानाका अनुसार �. . .


विराटनगर भन्सारको लक्ष्य ५० अर्ब, संकलन ३० अर्ब

विराटनगर । विराटनगर भन्सारले लक्ष्य भन्दा २० अर्ब न्यून राजस्व असुली गरेको छ । ५० अर्ब ८१ करोड ६३ लाखको लक्ष्यमा ४० प्रतिशत न्यून अर्थात ३० अर्ब ३४ करोड ११ लाख मात्रै संकलन गरेको हो । आर्थिक वर्ष २०८०÷२०८१ का लागि ५० अर्ब ८१ करोड ६३ लाखको लक्ष्य थियो । जसमा ५९.७१ प्रतिशत मात्र असुली गरेको कार्यालयका सूच�. . .