सम्पूर्ण समाचार

शुक्रबारको प्रदर्शन राजनीतिक होइन, अपराधिक कदम हो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते पूर्वराजावादी समर्थकहरुबाट आगजनी भएका भवनहरुको अनुगमन गरेका छन् । आज (शनिबार) उनले उक्त भवनहरुको स्थलगत अनुगमन गरेका हुन् । सोही क्रममा उनले यो कुनै राजनीतिक दर्शनभन्दा पनि अपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए । सञ्चार �. . .


ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भएको सबै अपराधिक गतिविधिको पछाडि ज्ञानेन्द्र शाह नै संलग्न भएको उल्लेख गरेका छन् । शनिबार नेकपा एकीकृत समाजवादीको भवन अवलोकन गर्दै उनले ज्ञानेन्द्र शाहको मानसिकता नै अपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको र अहिले पन�. . .


आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाडौं । आज चैत्र कृष्ण औँसी अर्थात घोडे जात्रा । आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ । आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ । यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ । यही पाहा चरÞ्हे नख मा पछि घोडा जात्रा थपेर घोडा जात्�. . .


पत्रकार रजकप्रति श्रद्धाञ्जली, पत्रकार महासङ्घ विरोधमा

काठमाडौँ । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल पत्रकार महासङ्घको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ �. . .


विदेशबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन

धरान (सुनसरी) । वैदेशिक रोजगारीबाट फर्किएका यहाँको बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक कृषि फार्म सञ्चालन गर्नुभएको छ । स्थानीय अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले सामूहिक कृषि फार्म सञ्चालन गर्नुभएको हो । स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसाय�. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको �. . .


आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगाय. . .


काठमाडौँको कर्फ्यु आदेश स्थगन

काठमाडौँ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा (६)क बमोजिम काठमाडौँ प्रशासनले शुक्रबारदेखि तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश आज बिहान ७ बजेदेखि स्थगन गरेको छ । काठमाडौँ महानगरपालिका तीनकुने आसपास चारकिल्ला तोकी जारी भएको आदेश आज बिहान ७ बजेदेखि स्थगन गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषि�. . .


दोषीमाथि कानुनी कारबाही गर्न पत्रकार महासङ्घको माग

काठमाडौँ । राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समूहले सञ्चार गृहमाथि भएको तोडफोडप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार साँझ एक विज्ञप्तिमार्फत समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको मृत्य�. . .


आगजनी र तोडफोडको घटनाप्रति रास्वपाद्वारा भर्त्सना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई शुक्रबार पूर्वराजाका समर्थकहरूबाट भएको आगजनी र तोडफोडको घटनाप्रति भर्त्सना गरेको छ । सो पार्टीका प्रवक्ता (कार्यवहाक) मनिष झाले भन्न�. . .


मन्त्रिपरिषद्को आकस्मिक बैठक : शुक्रबारको घटनाको सत्यतथ्य छानविन गरिने, संलग्नलाई कारवाही हुने

काठमाडौं । सरकारले शुक्रबार काठमाडौंका तीनकुनेमा राजावादीहरुको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको सत्यतथ्य छानविन गर्ने र दोषिउपर कारवाही गर्ने निर्णय गरेको छ । शुक्रबार राजावादीहरुको हिंसात्मक आन्दोलनका कारण काठमाडौं असान्त भएपछि मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बसेको थियो । ‘आज मित�. . .


शनिबार बिहान सात बजेसम्मका लागि कर्फ्यू समय थप

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको कर्फ्यूको समय शनिबार बिहान सात बजेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, आज राती १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय भोलि बिहानसम्मका लागि थप गरिएको हो। काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न स्थानमा च. . .