नारायण न्यौपाने/अशोक घिमिरे/रासस काठमाडौँ । कानुन निर्माणको कोणबाट मात्र नभई सशक्त रुपमा जनताका आवाज मुखरित गर्ने सन्दर्भमा सङ्घीय संसद्को विधेयक अधिवेशन उपलब्धिमूलक रहेको सत्ता पक्ष र प्रतिपक्षको दाबी रहेको छ । सत्ता पक्षका सांसदले विगतका अधिवेशनका तुलनामा कानुन निर्माणका हिसाबले अहिलेसम्मक�. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो । आज तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता शेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४४ करोड ४४ लाख . . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैत १५ गते भएको आन्दोलनका क्रममा घटेका सबै घटनाहरुको बारेमा गृहमन्त्रीले समितिलाई जानकारी गराउनुपर्ने बताएका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिका बैठकमा बोल्दै शर्माले तीनकुने घटनाको सबै जानकारी गृहमन्त्रीले समितिमा . . .
याङ्गुन । म्यान्मामा शुक्रबार ७.९ म्याग्निच्युडको भूकम्पपछि मृत्युको सङ्ख्या दुई हजार ८८६ पुगेको र चार हजार ६३९ जना घाइते भएका छन् । म्यान्मा रेड क्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले भन्नुभयो,“प्राकृतिक प्रकोपको मूल्याङ्कन र आपतकालीन आपूर्ति वितरणमा रसद समन्वयको अभाव प्रमुख समस्या बनेको छ ।” उ�. . .
काठमाडौँ। अभिनेता प्रदीप खड्काले चलचित्र ‘पीताम्बर’ का लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको बताउनुभएको छ । चलचित्र ‘पीताम्बर’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता खड्काले आफूले पात्रका लागि शारीरिक तौल घटबढस�. . .
झापा । कोशी प्रदेश सरकारले आगामी वर्षलाई ‘पर्यटन वर्ष’ का रूपमा मनाउने तयारी गरेसँगै निजी क्षेत्रका व्यवसायी उत्साहित बनेका छन् । प्रदेश सरकारले यही चैत २७ गते तेह्रथुमको गुराँस क्षेत्र तीनजुरे मिल्केमा एक समारोहका बीच ‘कोशी पर्यटन वर्ष–२०८२’ प्रारम्भ गर्दैछ । कोशी पर्यटन वर्ष’ निर्देशक समितिका. . .
थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा आज ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् । नेपालको तर्फबाट पर�. . .
काठमाडौँ । आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति सङ्घ र थाइल्याण्डको महिडोल युनिभर्सिटीका बीचमा आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को समु�. . .
काठमाडौँ । नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइ. . .
बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रक. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २००७ सालको क्रान्तिकोसैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको बताएका छन् । बुधबार रेडियो नेपालको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा बोल्दै उनले २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्याउन रेडियो नेपा. . .
काठमाडौं । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड हुदाँ प्रतिकार गर्ने सुरक्षाकर्मी दुलप्रसाद पराजुली सम्मानित भएका छन् । बुधबार भाटभटेनीले एक कार्यक्रमका बीच उनलाई चैत १५ गतेको घटनामा देखाएको बहादुरीको कदर गर्दै सम्मान गरेको हो । उनको योगदानका लागि भाटभटेनी. . .