सम्पूर्ण समाचार

विराटनगरमा सडक सुरक्षाका लागि डिभाइडरमा सोलार वार्निङ लाईट जडान

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा प्रवद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरको बरगाछीदेखि कंचनबारीसम्म सडक डिभाइडरमा सोलार वार्निङ लाईट जडान गरिएको छ । स्थानीय जागरुक युवाहरुको समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा आइतबार साँझ एक दर्जनभन्दा बढी सोलार वार्निङ ल�. . .


विराटनगरको जुटमिलका जारी मिल्स गोल्डकप साविक विजेता लेटाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

विराटनगर । साविक विजेता लेटाङ फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर यहाँ जारी छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुटमिल खेल मैदानमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले लेटाङलाई ४–३ गोल अन्तरले स्. . .


भिजनमेडद्वारा सीइइ मोक टेस्टमा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार

विराटनगर। भिजनमेड प्रिपेरेसन हबद्वारा सीइइ मोक टेस्टको २०८३सत्र अन्तर्गत सञ्चालन गरिएको पहिलो मोक टेस्टमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ। संस्थाले विद्यार्थीहरुको अध्ययनप्रति थप उत्साह र प्रेरणा जगाउने उद्देश्यले तीन जना उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई. . .


साइबर ब्यूरोको सुस्त कार्यशैली : उजुरी दिएको सात महिनासम्म पनि भएन कारवाही

जनकपुर । जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमाथि प्रश्न उठाएका छन् । आइतबार जानकी मन्दिरमै पत्रकार सम्मेलन गर्दै महन्त दासले करिब सात महिना पहिला २०८२ साल कार्तिक महिनाको ९ गते साइबर ब्यूरोको कार्यालयमा पुगेर दिएको उजुर�. . .


हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको उपभोग घटाउन र जनस्वास्थ्यमा सुधार ल्याउन उच्च कर दरको नीति अनिवार्य भएको बताएका छन् । आइतबार सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै अधिकारीले व्यक्तिगत स्वतन्त्रताको नाममा समाजलाई हानि पु¥याउने व. . .


सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत पु¥याउनुपर्ने माग गरेकी छन्। आइतबार आयोजित सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै सांसद कार्कीले जनस्वास्थ्यमा स�. . .


विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलुकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयहरूमा भइरहेको लगानीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका विद्यालयहरूको इन्फ्रास्ट्रक्चर एसेसमेन्ट (पूर्वाधार अध्ययन) सुरु गरिएको जानकारी दिएका छन् । आइतबार काठमाडौँ क्षेत्र नम्बर ४ मा आयोजित सार्�. . .


तेस्रो पटक सगरमाथा चढेका सेन्साई पेमा वाइबाको संघर्ष

सोलुखुम्बु । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गरेका छन् । उनले जेठ ९ गते बिहान ७ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उपलब्धि हासिल गरेका हुन् । सिन्धुपाल्चोकको दुर्गम भोटाङ गाउँमा जन्मिएका वाइबा पछ�. . .


वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडक : मरुभूमि भित्रै बन्यो अद्भूत पार्क

काठमाडौं । चीनको सबैभन्दा ठूलो मरुभूमि, ताक्ला मकानलाई छिचोल्ने तारिम मरुभूमि सडकले हरित ऊर्जा उत्पादनमा एक नयाँ कोशेढुङ्गा पार गरेको छ । चीनको सरकारी तेल कम्पनी पेट्रोचाइनाका अधिकारीहरूका अनुसार, सन् १९९५ मा यो सडक सुरु भएदेखि हालसम्म यहाँ जडान गरिएका सौर्य प्यानलहरूबाट १ करोड ५० लाख किलोवाट–घण�. . .


लागुऔषध विरुद्ध मोरङ प्रहरीले टिकटक च्यालेन्ज गर्ने, विजेतालाई नगद ५० हजार

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषध विरुद्ध जनचेतना फैलाउने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ । लागुऔषध नियन्त्रण तथा रोकथामका लागि सुरु गरिएको “लागुऔषध विरुद्धको महाअभियान २०८३” कार्यक्रमलाई सम्बोधन गर्दै मोरङ प्रहरी प्रमुख कवित कट्वालले प्रतियोगिताबारे ज�. . .


भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र अन्य गरगहना तथा नगद गरेर दुई करोड मुल्य बराबरको सम्पत्ती नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयले बरामद् गरेको छ । तीन महिना अघि (फागुन १३ गते) भारतको दिल्ली स्थित राजेन्द्रनगरका संजयकुमार माखीजाको घरबाट करोडौंको धनसम्पति चोरी गरे. . .


विराटनगरबाट सुरु भयो लागुऔषध विरुद्धको महाअभियान (फोटो फिचर )

विराटनगर । लागुऔषध नियन्त्रण तथा रोकथामका लागि विराटनगरबाट ‘लागुऔषध विरुद्धको महाअभियान २०८३’ सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा आइतबार बिहान विराटनगरमा वृहत प्रभातफेरी निकालिएको थियो । विराटनगरको महेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी विभिन्न स्थान परिक्रमा गर्दै शहिद रंगश. . .