स्वास्थ्य

बीपी प्रतिष्ठान धरानमा थप दुई सङ्क्रमितको मृत्यु ,

धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उहाँको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प. . .


अन्तराष्ट्रिय विमानस्थल बाट तेश्रो मुलुक प्रस्थान गर्न सरकारले रोक लाउदैं

काठमाडौँ सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमन (ट्रान्सिट) को रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू. . .


उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, वीरेन्द्र सैनिक अस्पताल भर्ना

काठमाडौँ उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण देखा परेको छ । मन्त्री रायमाझीलाई सोमबार टेकु अस्पतालमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उहाँका प्रेस संयोजक अर्जुन भुसालले जानकारी दिनुभयो । उहाँको काठमाडौं छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । उ. . .


सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह

चितवन कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २ सय तथा अन्य पालिकालाई २०/२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तया�. . .


संक्रमण रोकथामका लागि १५ दिन निषेध आदेश जारी गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं मन्त्रिपरिषदको वैठकले कोरोना संक्रमण रोकथाम गर्न १५ दिन निषेध आदेश जारी गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रले कोभिड नियन्त्रणका लागि सङ्क्रमितको सङ्ख्याका आधारमा निषेध आदेश जारी गर्न सक्ने निर्णय बैठकले गरेको हो । कोरोना संक्रमणको लक्षण पहिचान गर्न कम्तिमा पनि १४ द�. . .


पछिल्लो २४ घण्टामा वीरगञ्जका पाँच जना कोरोना संक्रमित मृत्यु

वीरगञ्ज वीरगञ्जका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच जना उपचाररत कोरोना संक्रमित मृत्यु भएको छ । मंगलबार बिहानै दुइ जना संक्रमितको मृत्यु भएसँगै पर्साको वीरगञ्जमा पछिल्लो २४ घण्टामा चार जना महिला र एक जना पुरुष गरी पाँच जना कोारोना संक्रमितको उपचारकोक्रममा मृत्यु भएको हो । जिल्ला संकट व्य. . .


कोरोना बढेसंगै आयुर्वेदिक वनस्पति गुर्जो प्रयोगकर्तामा वृद्धि

काठमाडौँ नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएकाले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् । ललितपुर महानगरपालिका–८ बालकुमारीका जन. . .


विराटनगरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि, ‘तपाईको मास्क खोई ?’ अभियान

विराटनगर । भारतमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको बेला यता विराटनगरमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । आज मात्रै विराटनगरमा ९० जनामा कोरोना पुष्टी भएको छ भने प्रदेश नम्बर १ मा २०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । विराटनगरको बजारमा अझै पनि स्वास्थ्य मन्त्रालय. . .


कोशीको कोभिड उपचार केन्द्रका चिकित्सक र नर्स आन्दोलित, न्यूनतम सेवा सुविधा नदिएको गुनासो

विराटनगर । कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक तथा नर्सले न्यूनतम सुविधा नपाएपछि आन्दोलनमा उत्रेका छन् । सामाजिक विकास मन्त्रालयले संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीप्रति वेवास्ता गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डा�. . .


विराटनगर–१२ का पुरुषको वीपीमा मृत्यु

विराटनगर । विराटनगर–१२ का ७५ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । गत बैशाख ४ गते अस्पताल भर्ना भएका पुरुषमा त्यहि दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा आज दिउँसो १ः५५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामण. . .


कोरोनाको ‘सेकेण्ड भेरियन्ट’ महामारी, ग्यास भर्ने सिलिन्डर आयात सहजीकरण गरिदिन उद्योगीहरुको माग

विराटनगर । अक्सिजन नेपालमै उत्पादन हुने भएपनि अक्सिजन भर्नका लागि चाहिने सिलिन्डर भने भारत र चीनबाट आयात हुँदै आएको छ । कोरोना महामारीको संभावित जोखिमलाई मध्यनजर गर्दै सिलिण्डर आयात गर्नुपर्ने आवश्यकता परेकोले सरकारले सहजीकरण गर्नुपर्ने विराटनगरका अक्सिजन उत्पादकहरुले माग गरेका छन् । नेपालमा अ�. . .


नोबेलमा विराटनगर–२ का ४० वर्षीय पुरुषको मृत्यु

विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका विराटनगर–२ निवासी ४० वर्षीय पुरुष सन्तोष गुप्ताको सोमबार बिहान १ ः१७ बजे मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालले आइतबार आईसोलेशन सञ्चालनमा ल्याएकै दिन भर्ना भएका पुरुषको मृत्यु भएको हो । गुप्ता गतवर्ष समेत संक्�. . .