देशको खबर

कृषि गणना भोलिदेखि, परिणाम आउन ५० दिन लाग्ने

काठमाडौं । मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले राससलाई जानकारी गराए । यसअघि विसं २�. . .


हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी एसइईमा सहभागी हुँदै

मनाङ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय मनाङका एकाइ प्रमुख मतिलाल चपाईले बताए । उनका अनुसार लोक�. . .


आजदेखि वीणा उल्का वर्षा

सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।  वैशाख ९ गते राति ९ बजेद. . .


राप्रपा निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने : अध्यक्ष लिङ्देन

धनुषा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आईतबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीय तह निर्वाचनमा जनताबीच जाने र कुनै. . .


पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार सम्मेलन गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचन र गठबन्धनबीच तालमेलका लागि भइरहेको छलफलबारे पत्रकार सम्मेलन गर्दैछन् । सोमबार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रीय प्रचा�. . .


अम्बिका ओली प्रतिष्ठानद्वारा सामाजिक विकासमा योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरू सम्मानित

विराटनगर । रुद्र गौरी/श्री अम्बिका ओली प्रतिष्ठानले मानव हित तथा सकारात्मक सामाजिक विकासमा अनुकरणीय योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई नगद सहित सम्मान गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरि प्रतिष्ठानले उनीहरुलाई सम्मान गरेको हो । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्�. . .


निर्वाचनमा राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसंहिता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अध. . .


पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ४ सय ८९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय ७५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .


गरिखानेको कथा : अधिकारी दम्पतीको रहर लाग्दो बाख्रा फार्म

व्यास नगरपालिका–४ चुरेखोल्सी निवासी देवीप्रसाद र गङ्गादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ । उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही गर्नुपर्ने रहेछ भन्ने मनोभावना पलाएर आउँछ । जोश जाँगर भए स्वदेशमै बसेर पनि मनग्य आम्दानी लिन सकिन्छ भन्ने उक्त फार्ममा पुग्ने जो कोही मान�. . .


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-३ खुरखुरे बस्ने सुर्खेत ब्राह्राताल गाउँपालिका-४ घर भएका २५ वर्षीय गगन कामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्र. . .


कोरोना सङ्क्रमण सामान्य भएपछि पर्यटकको सङ्ख्या बढ्यो

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या दैनिक दुई हजार पुगेको �. . .


कर्णालीमा दलहरुलाई उम्मेदवार टुङ्गो लगाउन सकस

सुर्खेत । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन् । सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ । नेपाली काँग्रेसको नेत. . .