देशको खबर

एमालेका वडा अधिवेशन हुँदै

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तया. . .


सडक विस्तारः तनहुँमा सात हजार रुख काटिने

दमौली, ५ कात्तिक पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तारका क्रममा तनहुँमा करिब सात हजार रुख काटिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका ६ हजार सात सय ५० रुख काटिने भएको हो । तनहुँ खण्डमा रुख काट्नलाई वन विभागबाट स्वीकृति पाएको डिभिजन वन कार्यालय तनहुँका प�. . .


आज ७०८ सङ्क्रमित, ९३२ सङ्क्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ९४६ जना रहेका छन् । ५०० भन्दाबढी सङ्क्रम�. . .


जाजरकोट -डोल्पा सडक अवरुद्ध, बीचबाटोबाटै फर्किए पर्यटक

जाजरकोट–डोल्पा सडकको रुकुम पश्चिम र डोल्पा खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । रुकुम (पश्चिम)मा पर्ने त्रिवेणी बजार र डोल्पामा दुई स्थानमा गएको सुक्खा पहिराले यहाँको यातायात ठप्प भएको हो । करिब एकसय मिटर माथिबाट खसेको पहिराका कारण डोल्पा जाने र आउने सवारीसाधनहरु ठप्प भएका हुन् । मङ्गलबारद�. . .


सीप तालिम सञ्चालन गरिने

गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ५ गते । वैदेशिक रोजगार बोर्डले विभिन्न १६ विधामा निःशुल्क एक महिने सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । उक्त तालिम वैदेशिक रोजगारीबाट फर्केका र नेपालमै सीप सिक्न चाहने सबैलाई लक्षित गरी सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । सुरक्षा गार्ड, प्लम्बर सहायक, स्ट. . .


जनकपुर–जयनगर रेल छिट्टै संचालनमा आउँछः मन्त्री यादव

जनकपुरधाम, कात्तिक ५ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनकपुर– जयनगर रेल सेवा छिटट्ै सञ्चालनमा आउने बताउनुभएको छ । सरकारले आवश्यक तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शुक्रबार जनकपुर उद्योग वाणिज्य संघका पदाअधिकारीहरुले रेल स�. . .


बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ: प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीनरुपमा समाधान हुनेगरी पहल गरिने बताउनुभएको छ । शुक्रबार कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीनरुपमा समाधान हुनेगरी योजन�. . .


हुल बाँधेर आउने हात्तीले धान सखाप

झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट आउने जङ्गली हात्तीका कारण हैरान छन् । बेलुका छ बज्न नपाउँदै हात्तीको बथान मेची नदी तरेर नेपाल प्रवेश गर्ने र किसानको पाक्न लागेको धान बालीमा रात बिताउने गर्छ । हरियो हुन थालेदेखि रातभर गोठालो लागेर धान जोगाएका किसानले पाकेपछि जोगाउन �. . .


अझै पुनः निर्माण सुरुआत हुन सकेन मेलम्ची खानेपानी बाँधस्थलको

काठमाडौँ, कात्तिक ५ गते । पहिराका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिराको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको छैन । यही कात्तिक महिनासम्म वर्षा भइरहेक. . .


मृतकका परिवारलाई रु दुई लाख प्रदान गरिने

कर्णाली प्रदेश सरकारले बाढी, पहिरोलगायतका विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु दुई लाख राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सामूहिक दुर्घटना बीमाबापत सोे रकम उपलब्ध गराउने निर्णय गरेको हो । हालै आएक. . .


आउने निर्बाचनमा काँग्रेसको पक्षमा जनलहर आउँछः वरिष्ठ नेता पौडेल

तनहुँ, कात्तिक ५ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउने निर्वाचनमा काँग्रेसको पक्षमा जनलहर आउने बताउनुभएको छ । काँग्रेस भिमाद नगर कार्य समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभयो । कम्युनिष्टहरुले विकासका कुरा धेरै गरे पनि काम नग. . .


प्रधानमन्त्री देउवा पुनः कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा

महेन्द्रनगर, कार्तिक ५ गते । प्रधानमन्त्री शेर बहादुर देउवा पुनः कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा आउनुभएको छ । बिहीबार साँझ महाकालीको तटीय क्षेत्रको हवाई अवलोकन गरि महाकाली पारीको दोधाराचाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेर बाढी प्रभावितलाई सम्बोधन समेत गर्नुभएका देउव. . .