देशको खबर

ट्रक दुर्घटनामा दुईको मृत्यु

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले राससलाई ज. . .


कांग्रेसको केन्द्रीय सदस्यमा तुलसी सुब्बाको उम्मेदवारी घोषणा

काठमाडौँ । कांग्रेस नेता तुलसी सुब्बाले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तेह्रथुमका स्थायीबासी सुब्बा पूर्वका लोकप्रिय नेता हुन् । उनले पार्टीको केन्द्रीय कार्यसमितिमा आदिबासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए । सुब्बा कोइराला प. . .


२५५ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार छ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्�. . .


बलात्कार र हत्याका मुख्य योजनाकार पक्राउ

सुरुङगा । हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रह�. . .


आफ्नै साथीले गरे योजनाबद्ध रुपमा श्रेष्ठको हत्या

सूर्यविनायक । आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन् । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पु�. . .


प्रदेश २ मा ३० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप

सप्तरी । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ । सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएक�. . .


एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने

काठमाडौं । नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिनुभयो । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो । यही मङ्सिर २५ र २६ गते �. . .


एमए तहमा नेपालभाषामा अध्ययन शुरू

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा पहिलाे पटक विधिवत रुपमा एमए तहमा नेपालभाषामा अध्ययन शुरू भएको छ । कार्यक्रममा नेवाः विद्यार्थी युनियनकाे अग्रसरतामा साे क्याम्पसमा एमए तहमा नेपालभाषाकाे अध्ययन शुरू भएकाे हाे । शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो कक्षाको शुभार�. . .


कोरोना देखिएपछि विद्यालय बन्द

बैतडी । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो । यस्तै मङ्गलबार . . .


सुदूरपश्चिमका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले गएको असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । सुदूरपश्चिमका डोटी र डडेल्धुरामा पाँच/पाँच ,बझाङका चार तथा बैतडी, बाजुरा र दार्चुलाका . . .


४८ अर्ब ऋण सहायतामा प्रारम्भिक सहमति

काठमाडौँ । नेपाललाई करिब साढे ४८ अर्ब रुपियाँ (४० करोड अमेरिकी डलर) ऋण सहुलियत उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) सहमत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण नेपालको आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रले व्यहोरेको नोक्सानीबाट पुनरोत्थानका लागि उक्त ऋण सहायता प्रयोग हुने कोषले जनाएको छ । कर्. . .


कुटपिट गरी हत्या

सूर्यविनायक । मध्यपुरथिमि नगरपालिका वडा ३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका वडा ३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । सूर्यविनायक नगरपालिका वडा ३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । गए राति करिब प�. . .