वीरगञ्ज । सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भीड लागेको छ । सरकारले धानतर्फ सोना मन्सुली प्रजातिको समर्थन मूल्य प्रति क्वीन्टल दुई हजार नौ सय दुई रुपैयाँ निर्धारण गरेका थियो । निजीस्तरका उद्योगको मूल्य प्रति क्वीन्टल रु.दुई �. . .
लमजुङ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीका दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा पुगेका ४५ वर्षीय धनबहादुर तामाङलाई रु.६२ हजार ७३५ सहयोगस्वरूप उपलब्ध गराइएको छ । नेकपा एमाले बेँसीसहर नगर कमिटीको पहलमा पार्टीको आठौँ जिल्ला अधिवेशनमा सहभागी प्रतिनिधिहरुबाट चन्दा सङ्कलन गरी सो रकम तामाङलाई उपलब्ध . . .
काठमाडौँ । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्�. . .
नेकपा (एमाले) पर्वतका अध्यक्षमा राजु पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । एमालेका प्रदेश कमिटी सदस्य तथा महाशिला गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका उहाँलाई अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा जिल्ला अध्यक्षका रुपमा घोषणा गरेको हो । महाशिला गाउँपालिका–५ निवासी उहाँ यसअघि आठाँै जिल्ला अधिवेशनमा अह�. . .
राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँ अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा पुष्पहार अर्पण गर्नुभएको छ । ३००औँ पृथ्वीजन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्क. . .
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको तत्कालीन संविधान सभासदस्य झुलबहादुर आलेले आज शुभारम्भ गर्नुभयो । म्याराथनको दूरी ४२ दशमलव ५ किलोमिटर छ । म्याराथन प्रतियोगितामा ५३ जनाले भाग लिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । खुल्ला . . .
सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँहरुले पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराउनुभएको थियो । सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि एकान्तबासमा बस्नुभएको जिल्ला �. . .
काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको तान्द्राङगढी र . . .
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिनुभएको हो । फोटो:फाइल. . .
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाइरहेको मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिएको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसा�. . .
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सू्चना अध. . .
चितवन । जिल्लामा कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ । प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन् । प्रशासनले सोमबार २५ जनाभन्दा बढी भेला भएर हुने सबै प्रकारका कार्यक्रममा रोक लगाएको छ । सवारीसाधन, सार्वजनिकस्थ�. . .