देशको खबर

ध्रुवे हात्ती फेरि मात्तियो, पाँच घर नष्ट

चितवन, वैशाख ९ । मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आइतबार दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका. . .


ट्राफिक प्रहरीले सेनाकी श्रीमतीलाई एसिड खन्याए

चितवन । चितवनका एक ट्राफिक प्रहरीले एक महिलालाई एसिड प्रहार गरी घाइते बनाएका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको ट्राफिक शाखामा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले २८ वर्षकी कल्पना श्रेष्ठमाथि एसिड प्रहार गरेको चितवन प्रहरीले जनाएको छ । खनियाँले श्रेष्ठमाथि आइतबार दिउँसो २ बज. . .


एन्फाको चुनाव वैशाख २२ गते काठमाडौंमा हुने

काठमाडौं, ८ वैशाख ।   अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख २२ गते शनिबार काठमाडौंमा हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो । यसअघि चैत १४ गतेका लागि तय भएको चुनाव उच्च अदालतको पाटको आदेशका कारण रोकिएको थियो । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा चैत �. . .


प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम बिस्फोट

काठमाडौ, १० वैशाख । निर्वाचन अायाेगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम बिस्फोट भएको छ । ललितपुरको हात्तीवनस्थित यादवको घरमा बम बिस्फोट भएको हो । आइतवार साँझ ७ः५० बजेतिर यादवको घरमा बम बिस्फोट भएको हो । प्रत्यक्षदर्शीले बिस्फोटको ठूलो आवाज आएकाे बताएका छन् । प्रहरी घटनास्थलमा पुगे�. . .


डोटी जीप दुर्घटनामा मर्नेको संख्या ५ पुग्यो

डोटी, रासस । डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका–८ ला�. . .


२५ मेगावाटको अरुण काबेलीले बैशाखभित्रै उत्पादन थाल्ने

अरुण काबेली पावर लिमिटेडले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ आयोजनाबाट यही बैशाख महिनाभित्र बिजुली बाल्ने तयारी गरिरहेको छ । पाँचथर र ताप्लेजुडको सीमामा बग्ने काबेली नदीमा अवस्थित यस आयोजनाले यही महिनाको अन्त्यसम्ममा उत्पादन थाल्ने कम्पनीले जनाएको छ । परियोजनाको बाँध, डिसेण्डर बेसिन, सर्�. . .


बाम एकता गर्ने तयारी बीच दुवै पार्टीका भातृ संगठनबीच हानाहान

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको अन्तिम तयारी भइरहँदा दुवै पार्टीका भातृ संगठनबीच हानाहान भएको छ । काठमाडौँको प्रदर्शनीमार्गस्थित आर-आर क्याम्पसमा आइतबार एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीबिच हानाहान भएको हो । अप्रिल २२ नेपाल क�. . .


आज विश्व पृथ्वी दिवस , प्लास्टिकको विसर्जनलाई जोड

काठमाडौं, बैशाख ९ । आज अप्रिल २२ अर्थात् विश्व पृथ्वी दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी पृथ्वी दिवस मनाईँदैछ । पृथ्वीमा देखिएका समस्या समाधान गर्दै यसलाई व्यवस्थित गराउन विश्व पृथ्वी दिवस मनाउन थालिएको हो । यो वर्ष प्लास्टिकको विसर्जनलाई जोड दिँदै दिवस मनाईँदैछ । प्लास्टिकको प्र�. . .


महोत्तरीको जंगलबाट लाखौँ रुपैयाँ लुटियो

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–१ रामनगर जंगलबाट लाखौँ रुपैयाँ लुटिएको छ । गौशालाबाट बर्दिवासतर्फ जाने क्रममा अज्ञात समूहले नगद रु नौ लाख र एकथान मोबाइल लुटेको छ । बर्दिवासस्थित सूर्य नेपाल डिलरका कर्मचारीले बजारमा संकलन गरेको रु नौ लाख नगद र एक थान मोबाइल अज्ञात समूहले लुटपाट गरेको हो । ज�. . .


अपाङ्ग महिलालाई यौन शोषण गर्ने एक पक्राउ

भरतपुर । चितवनमा एक अपाङ्ग महिलालाई यौन शोषण गरेको आरोपमा प्रहरीले आश्रम सञ्चालकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको गणेश अपाङ धार्मिक सेवा केन्द्रका सञ्चालक विष्णुप्रसाद शर्मालाई चितवन प्रहरीले बिहीबार पक्राउ गरेको चितवन जिल्ला कार्यलय चितवनले जनाएको छ । शर्माले धार्मि�. . .


राजधानीमा घर भएका सांसदकाे आवास सुविधा खोसिने

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाभित्र घर हुने सांसदहरुले आवास सुविधा लिएको पाइएमा अब सो सुविधा वापतको रकम असुलउपर हुने भएको छ । संघीय संसद सचिवालयले त्यस्ता सांसदहरुको विवरण मागेको छ । काठमाडौं, ललितपुर र भक्तपुरभित्र घर हुने सांसदलाई आफ्नो घर भए–नभएको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । रा. . .


बम विस्फोट गराउने सामग्रीसहित विप्लवका दुई कार्यकर्ता सिन्धुलीबाट पक्राउ

सिन्धुली (रासस) । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट शुक्रबार उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयमा पत्रकार �. . .