देशको खबर

हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटना

 हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको छ । हुम्लाबाट सुर्खेत उड्न लागेको उक्त विमान टेकअफ गर्ने क्रममा जहाजमा समस्या आएपछि दुर्घटनामा परेको एआईजी रणबहादुर चन्दले जानकारी दिए ।उनकाअनुसार उड्नै लागेको विमान दुर्घटनामा परेको थियो । विमानमा सबै चुनावको सुरक्षामा गएका प्रहरी रहेको उनले . . .


बाजुरामा मतदान अधिकृत सम्पर्कविहीन

बाजुरा (रासस) । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिध�. . .


राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने

हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारे पनि आर्थिक �. . .


हिंसाको राजनीतिमा नउत्रन कम्युनिस्ट गठबन्धनका नेता र कार्यकर्तालाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली काँग्रेसले निर्वाचनका समयमा लोकतान्त्रिक विधि, मूल्य मान्यता, संस्कार र संस्कृतिअनुरुप आफ्ना व्यवहार प्रदर्शन गर्न र हिंसाको राजनीतिमा नउत्रन कम्युनिस्ट गठबन्धनका नेता र तिनका कार्यकर्तासँग आग्रह गरेको छ । लोकतन्त्रमा शान्तिपूर्ण एवं निर्वाधरुपमा आफ्ना चुनावी कार्यक्रम गर्न �. . .


स्वास्थ्य बीमा दोब्बर बनाउने तयारी

सरोज ढुङ्गेल काठमाडौँ, मङ्सिर ९ गते ।  एक परिवारलाई वार्षिक ५० हजार रुपियाँसम्मको स्वास्थ्य बीमा उपलब्ध गराइरहेको सरकारले त्यसलाई बढाएर एकलाख रुपियाँ पु¥याउने तयारीमा जुटेको छ ।  उपचार खर्च धान्न नसक्ने भएपछि सरकारले त्यसलाई बढाएर एकलाख पु¥याउन लागेको हो । स्वास्थ्य बीमा ऐन संसद्बाट पारित भइसकेपछि. . .


भारतबाट आयातीत युरिया मलको बोरामा कम तौल

काठमाडौँ, मङ्सिर ९ गते ।  भारतबाट आयातीत युरिया मलको बोरामा कम तौल भएको अध्ययनबाट देखिएको छ ।  कृषि विकास मन्त्रालयले क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक हस्तबहादुर विष्टको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको थियो सो समितिले कात्तिक २१ गते मन्त्रालयलाई बुझाएको प्रतिवेदनले कम तौल भएको नि. . .


नेपालको बारेमा बुझ्न हेर्नैपर्ने तथ्यांकमुलक भिडियोहरू सार्वजनिक

नेपालको आर्थिक र सामाजिक पक्षलाई तथ्यांकको मान्यमबाट अध्ययन गरेर तयार पारिएका भिडियोहरू सार्वजनिक भएका छन् । ती भिडियोहरूले उपलब्ध भएका तथ्यांकहरुमा आधारिभ भएर विभिन्न तर्कहरू प्रस्तुत गरेका छन् । नेपालको सामाजिक, आर्थिक र राजनैतिक पक्षहरूलाई तथ्यांकको माध्यमबाट देखाउने प्रयास गरिरहेको नेपाल इ�. . .


एक भोट खसाल्न ४ हजार खर्च , तिन दिनको यात्रा गर्नुपर्ने !!

ताप्लेजुङ, मङ्सिर ८ गते ।   फक्ताङ्लुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् ।  यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् ।  याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् । यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्चबाहेक निर्वाचन आयोगले मात्र रु. चार हजारभन्दा बढी खर्च ग. . .


माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप , एकजना गम्भीर घाइते

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएका छन् । झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ मुसिकोटमा भएको चुनावी सभामा सहभागी भएर घर फर्कंदै गर्दा माओवाद�. . .


पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनको लागि ३२ जिल्लामा मौन अवधी सुरु

पहिलो चरणमा मंसिर १० गते आइतबार निर्वाचन हुने ३२ जिल्लामा बिहीबार राति  १२ बजेपछि निर्वाचन मौन अवधि सुरु हुने भएको छ ।मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा �. . .


जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक

जनकपुरधाम, मंसिर ६ गते । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल, भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँ�. . .


नक्कली प्रमाणपत्र बनाउने आठ जना पक्राउ परे

काठमाडौँ (रासस) । अमेरिका जाने ‘डिभी’ चिट्ठा परेपछि नक्कली प्रमाणपत्र बनाउने दुई र सो बनाउन सहयोग गर्ने छजना गरी आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीको तीनपाटन–४ का रुद्रबहादुर मोक्तान, ताप्लेजुङको खेवाङ–२ का भुवानीप्रसाद भट्टराई, सत्यविनायक कम्युनिकेशनका सञ्चालक कालीको�. . .