देशको खबर

नागढुङ्गा सुरुङमार्ग निर्माणले गति लिँदै, नेपालकै पहिलो आधुनिक सुरुङमार्ग

कोभिड–१९ का कारण कार्यतालिकाको निर्धारित अवधिभन्दा केही ढिला भएको नागढुङ्गा सुरुङमार्ग निर्माणले पुनः गति लिन थालेको छ । जापानी निर्माण कम्पनी हाजमा आङदो कर्पाेरेशनले सुरुङका लागि आवश्यक तयारी गरिरहेकाले आगामी मङ्सिर ९ गतेबाट खन्न थालिने भएको छ । गत चैतदेखि नै कोरोनाका कारण काम सुस्त भएकामा पछिल�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८१

१. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा को नियुक्त भएका छन् ? --- सुदर्शन पौडेल [२०७७ कार्तिक २०] २. यस बर्षको ‘भैरव प्रतिभा पुरस्कार’ कसलाई प्रदान गरिने भएको छ ? --- हास्यकलाकार राजाराम पौडेल ३. एउटा रुखले सरदार दैनिक कति के.जी. अक्सिजन उत्पादन गर्दछ ? --- २.७ के.जी. ४. नेपालमा क्लिन फिड (विदेशी च्यानलहर�. . .


सरकारको जनता आवास : नयाँ घरमा न शौचालय, न त पानी र बिजुली सुविधा

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ मा सरकारी कोषबाट निर्मित जनता आवास (घर) मा शौचालय, पानी र बिजुली जडान नगर्दै नागरिकलाई हस्तान्तरण गरिएको छ । संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको जनता आवासमा आधारभू. . .


कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

जाडो मौसम सुरुआतँंगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत् उत्पादन गरिएको छ । कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रशारणमा जोडिएको छ । क. . .


लण्डनमा लकडाउनविरुद्ध प्रदर्शनमा सहभागी १०४ जना पक्राउ

बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्�. . .


कोरोनाबाट वडाध्यक्षको मृत्यु

कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिनुभयो । बिरामी हुनु भएपछि कात्तिक १७ गते नमूना जाँच गराउँ�. . .


देवताप्रति आस्थाका कारण सबै गाउँलेले छाडे मदिरा

देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण नै बन्द भएको छ । मदिरा शून्य भएपछि गाउँबस्ती पनि शान्त भएको . . .


वडाध्यक्षको रगतले बच्यो महिलाको ज्यान

रक्ताल्पता भएर शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा भर्ना भएकी डोटीको केअइसिंह गाउँपालिका–४ की धौलीदेवी विष्टको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले दान गर्नुभएको रगतले ज्यान बचेको छ । विष्ट लामो समयदेखि रक्ताअल्पतासहित सेभर एनमिया भएकी उहाँ उपचारका लागि उक्त अस्पतालमा गएरा�. . .


त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो । पुसमा महिनामा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्�. . .


कोरोना सङ्क्रमणबाट सप्तरीमा थप एक महिलाको मृत्यु

सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका सिम्राहाकी २३ वर्षीया महिला छिन् । पिसाबमा समस्या देखिएपछि छ दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका . . .


बाँकेमा उपचाररत ३० सङ्क्रमित सिकिस्त

कोरोना सङ्क्रमण भई बाँकेका दुई ठूला अस्पतालमा उपचाररत ३० बिरामी सिकिस्त अवस्थामा पुगेका छन् । भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना सङ्क्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनु�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८०

१. पाल्पामा अवस्थित प्रसिद्ध ‘रानीमहल’ कसले बनाएका हुन् ? --- खड्ग शमशेर ज.ब.रा [रानी तेजकुमारीको सम्झनामा इस १८९३ मा] २. नेपालको राष्ट्रिय खेलको रुपमा भलिबललाई कहिले घोषणा गरिएको थियो ? --- २०७४ जेष्ठ ०८ ३. पातहरु हल्लिदा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ? --- १० डेसिबल ४. कमिलाले टोक्दा निस्किने अम्ल(एसिड) कुन. . .