देशको खबर

बहराइनका राजकुमारलाई लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले यही भदौ ३० गतेपछि बहराइनका राजकुमारसहित १५ जना उक्त देशका नागरिक र तीनजना बेलायती गरी १८ जनाको टोलीलाई लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिइएको बताउनुभयो । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्�. . .


मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

वाग्मती प्रदेश सरकारले भर्खरै स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा विश्वराज जोशीका सिफारिसमा सामाजिक विकासमन्त्री तथा सहकुलपति युवराज दुलालले प्रतिष्ठानका शिक्षाध्यक्षमा डा सतीश देव, रजिष्ट्रारमा राजेश प्रसाईं. . .


बागमती प्रदेश उपसभामुख तामाङ आमा-छोरा नै कोरोना सङ्क्रमण मुक्त

कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहनुभएका वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त हुनुभएको छ । उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिनुभएको हो । उपसभामुख तामाङले आफ्नो स्व. . .


अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन सङ्क्रमितको मृत्यु

जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु भएको हो । अस्पतालका सू�. . .


आज प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार (आज) प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।विभागले राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्. . .


कैदीबन्दीमा पनि बढ्दै कोभिड–१९, १६६ जनामा सङ्क्रमण

विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ को सङ्क्रमण नेपालको कारागारमा समेत देखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा सङ्क्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ । आइतबारसम्ममा शङ्कास्पद ८७९ जनाको पिसीआर परीक्षणमा १६६ जनामा सङ्क्रमण भेटिएको छ । त्यसमध. . .


कालिकोटको नाग्ममा पहिरो , १० जनाको मृत्यु

कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन्  । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान सात बजेति�. . .


आन्तरिक उडान तथा लामाेदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय

सरकारले आन्तरिक उडान तथा लामाेदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना संक्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय लिनुपरेको सरकारका एक मन्त्रीले जानकारी दिनुभयो । आइतबार बेलुका प्रधानमन्त्र�. . .


जुनसुकै बैंकको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क न. . .


चन्द समूहका नेता सप्तरीबाट रिहा भएलगत्तै फरार

नेत्रविक्रम चन्द समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन् । सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर फरार भएको सप्तरी बार एशोसिएसनका अध्यक्ष . . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २६

१. अफ्रीका महादेशलाई कहिले देखि ‘Wild Polio’ भाइरस मुक्त घोषित गरियो? ~ २५ अगस्ट २०२० २. नेपाली साहित्यको इतिहासमा ‘लाटो साथी’ भनेर चिनिने विष्णुराज आत्रेयको निधन कहिले भयो? ~ २०७७ श्रावण ३ ३. वाफ बाट चल्ने मेसिन, (स्टिम इन्जिन)का आविष्कारक को हुन् ? ~ जेम्स वाट ४. बाघ गणना-२०१८ अनुसार हाल नेपालमा बाघको संख्या कत. . .


सुन प्रतितोला ३ सय रुपैयाँले बढ्यो

गत साता निरन्तर घटेको सुनको भाउ आइतबार भने सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आज (आइतबार) तोलामा ३ सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९७ हजार २ सय तोकेको छ । शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको . . .