देशको खबर

शीतलहरबाट जनजीवन थप कष्टकर

कठ्याग्रिँदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सालगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै गएको छ । आज बिहानैदेखि चलेको शीतलहर र कठ्याग्रिँदो जाडोले मानिसलाई हिँडडुल गर्नसमेत समस्या भएको थियो । बाक्लो हुस्सुका कारण सवारीसाधनलाई आवतजावत गर्नसमेत समस्या भएको छ । एक्कासी बाक्लो हुस्सु लागेपछि सवा�. . .


कोरोना जितेर फर्कदा जागिर गुमिसकेछ

कोरोना भाइरसबाट सङ्क्रमित भएर होम आइसोलेशनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ । एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुव�. . .


गुडिरहेको ट्रकमा आगलागी

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार गुडिरहेको ट्रकमा आगलागी भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रक आगलागीबाट क्षति भएको छ । आगलागीको कारण अनुसन्धान भइरहेको छ। तस्वीर :कृष्ण न्यौपाने. . .


भारतद्वारा पाम आयलमा प्रतिबन्ध: नेपाली उद्योग धराशायी हुँदै

छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हँुदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्�. . .


बटुवाको सुनका गहना र झोला खोसेर भाग्ने गिरोह पक्राउ

बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ । मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुछेर भाग्ने क्रममा पर्वतमा दुई अभियुक्त पक्राउ परेपछि यस्तो गिरोह सक्रिय रहेको पाइएको हो ।�. . .


देशभरका थप २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण

गोरखा भूकम्पपछि देशका विभिन्न बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको छ । विसं २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि मापनका लागि विभिन्न देशको सहयोगमा जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको हो । सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी चीन सरकारको सहयोगमा १०, �. . .


कांग्रेस सरकारमा जादैन: महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग शुक्रबार यहाँ कुराकानी गर्नुहुँदै उहाँले भन्नुभयो “निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।” यही अवस्थामा अगामी वैशा�. . .


विहारमा पाइपलाईनबाट तेल चोर्ने प्रयास: नेपाल आयल निगम

नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात भएको जनाएको छ । उक्त पाइपलाइन खण्डअन्तर्गत पर्ने विहार प्रान्तको लकड़ी नबीगञ्ज क्षेत्रको डुमरा गाउँको नजिक डिजेल चोरीको प्रयास भए पनि कुनै क्षति नभएको जानकारी आएको निगमले जनाएको हो । आज विभिन्न सञ्चारमाध्यममा . . .


नेपालमा कोरोनाको आपत्कालीन खोपलाई अनुमति

सरकारले कोभिड–१९ विरुद्धको आपत्कालीन खोप प्रयोगका लागि नेपालमा अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो । विभागको शुक्रबार बसेको बैंठकले आपत्कालीन प्रयोगका लागि भार�. . .


प्रतिनिधिसभा विघटनको मुद्दाः टुङ्गियो क्षेत्राधिकार विवाद

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलास वा बृहत् पूर्णइजलासमा सुनुवाइ गर्ने भन्ने विवाद शुक्रबार टुङ्गिएको छ । गत पुस १० गतेदेखि शुरु भएको उक्त क्षेत्राधिकार विवाद शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ हुने आदेश भएपछि सकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश . . .


अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । “तत्कालै ठूलो प�. . .


परराष्ट्रमन्त्री भारत प्रस्थानः सीमा विषयमा छलफल हुने

नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौ. . .