देशको खबर

कोरोना भाइरसको नाममा अनियमितताको आशंका, अख्तियारद्वारा छानबिन

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका नाममा अनियमितता गरेको भन्दै स्�. . .


प्रदेश २ मा बढदो सङ्क्रमण: एक महिनामा तीन हजार सङ्क्रमित थपिए

—नानीमैया कटवाल प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मात्र प्रदेश नं २ मा २०८ जना सङ्क्रमित थप भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बारामा ६९, पर्सामा ६४, धनुषामा ३७, रौतहटमा १४, सप्तरीमा ११, महोत्तरीमा आठ, सिरहामा ती. . .


नेकपा सचिवालयबाट अध्यक्षद्वयको कार्यदल अनुमोदित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णुप्रसाद पौडेलका संयोजकत्वमा छ सदस्यीय क�. . .


त्रिभुवन विश्वविद्यालयमा ‘वर्क फ्रम होम’ लागु, सबै क्याम्पस बन्द

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द �. . .


सवारी चालकसँग पैसा लिएको आरोपमा दुई प्रहरी निलम्बित

जिल्ला प्रहरी कार्यालयले दुई प्रहरीलाई निलम्बन गरेको छ । सवारी साधनसंँग पैसा लिएको उजूरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरेको हो । निलम्बित हुनेमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार कमलबहादुर खड्का र प्रहरीचौकी ढुङ्ग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान वीरबहादुरप्र�. . .


सिरहाका सबै स्थानीय तहमा आजदेखि १५ दिन लकडाउन

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन�. . .


नारायणीले बगायो गैँडाको बच्चा

नारायणी नदीले गैँडाको बच्चा (केटो) बगाएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी दुई/तीन वर्षको केटो खोजीका लागि सम्बन्धित पोष्टबाट पर. . .


बेनी नगरपालिकाको आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

बेनी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ । विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी नगरपालिकाभित्रको समग्र विषयवस्तुलाई समेटेर कक्षा १ का लागि ‘मे. . .


अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ

प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल�. . .


चितवन क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिनुभयो । अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र स�. . .


हेटौँडामा निषेधाज्ञा थप भदौ ९ गतेसम्म

मकवानपुरमा कोरोना सङ्क्रमित बढ्दै गएपछि हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा भदौ १ देखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि साउन २६ गतेदेखि ३२ सम्म निषेधाज्ञा जारी भएको थिथो । हेटौँडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना स�. . .


ओलम्पिक कमिटीको कार्यालयका दुई कर्मचारीमा कोरोना

नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो । कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार गत साता स्क्वास प्रशिक्षकमा कोरोना देखिएपछि सबै कमिटीका सबैको कोरोना परीक्षण गरिएको हो । सोक्रममा द�. . .