देशको खबर

हङ्कङ उडानका सरकारी पिसिआर रिपोर्टलाई मात्र मान्यता

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ । सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउदा समेत यात्रुको पुनः पोजेटिभ देखिएको चिन्ता व्यक्त गर्दै निगमले अर्को व्. . .


श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले श्रीमती आरती र छोरी रिय�. . .


विकटमा रगतकै समस्या: जवानको रगतले महिलाको ज्यान बच्यो

हुम्लाको सिमकोट गाउँपालिका–८ निवासी ४१ वर्षीया सुन बुढाले गर्भपतनका लागि औषधि प्रयोग गर्दा उनको ज्यान जोखिममा पर्यो । उनी जिल्ला अस्पतालमा भर्ना भइन् । औषधि प्रयोग गर्दा उच्च रक्तस्राव हुँदा उनको ज्यान जोखिममा परेको हो । जोखिममा परेकी ती महिलालाई नेपाल प्रहरीका राजेन्द्र रानाले रगत दिएपछि उनको ज्य. . .


महामारी र लकडाउनले जुराएको व्यवसाय

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दीको घोषणा गरेलगत्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको एक्लोफाँटमा रेष्टुरेष्ट ब्यवसाय गर्दै आएका बेनी नगरपालिका–१ रत्नेचौरका रमेश र दिनेश रावल आत्तिएर घर फर्किए । विगत पाँच वर्षदेखि राजमार्गमा यात्रुलाई खाना तथा खाजा खुवाउने र�. . .


तातोपानीमा चहलपहल बढ्दै

भूकम्पको असरले सुकेको पानीको मुहान यथास्थानमै पुनः फर्किएपछि चिलिमे तातोपानी क्षेत्रमा चहलपहल बढ्दै गएको छ । उपचार पद्धतिमा प्रयोग हुँदै आएको चिलिमे तातोपानी विसं २०७२ को भूकम्पको असरले पूरै मुहान सुकिसकेको अवस्थामा गत भदौ ३१ मा आएको पछिल्लो ठूलो भूकम्प पछि यथास्थानबाटै मुहान प्रवाह भइरहेकाले त्. . .


हेलो नेपालको टावरमा अज्ञात समूहले आगजनी

डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । प्रहरीक. . .


कुकुर तिहार सन्दर्भः शान्तिसेनामा शानदेखि गामिनीसम्म

नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ । कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षामा कुकुर प्रयोग ग. . .


तिहारमा नक्कली फूलको माग बढ्दै

तिहारको चहलपहल शुरु भएसँगै सुदूरपश्चिम प्रदेशका शहरी क्षेत्रमा प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूल मालाको माग बढ्न थालेको छ । तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको हो । कृत्रिम माला तिहारमा मात्र नभएर अन्य कार्यक्रमका लागि पनि पटक पटक प्रयोग गर. . .


काँग्रेसले भन्यो: नेपाल र भारत सीमा विवादबारे सरकारले यथार्थ बताओस्

नेपाली कांग्रेसले नेपाल र चीनका सीमा सम्बन्धमा यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले दुवै देशको सीमा सम्बन्धमा स्थानीय सरोकार पक्षको भनाइ, सीमा क्षेत्रको भूमिको ऐतिहासिक भोगचलनसम्बन्धी तथ्यांक र पार्टीका केन्द्रीय सदस्य जीवनबहादुर शा�. . .


धर्म र विज्ञानको संगम: कुकुर पाल्दा मुटुरोग र मधुमेहबाट सुरक्षा [कुकुर तिहार विशेष]

यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मि. . .


धनधान्यकी देवी लक्ष्मीपूजा आज

यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत �. . .


गाडिएकाे नवजात शिशुको उद्धार

बोदे बरसाईन नगरपालिका–५ जाँजरस्थित खडक खोलामा गाडिएको अवस्थामा आज एक नवजात शिशु जिवित फेला परेको छ । टाउकोदेखि पेटसम्मको भाग बालुवामा गाडिएको अवस्थामा शिशु फेला परेको प्रहरीले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारका लागि शिशुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्प. . .