देशको खबर

१ हजार २ सय १२ विरुद्ध भ्रष्टाचारलगायतका मुद्दा: साढे दुई अर्बको बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६-७७ मा एक हजार २१२ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गर्दा रु दुई अर्ब ५३ करोड ६६ लाख ९८ हजार २६८ बराबरको बिगो माग दाबी गरेको छ । आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको प्रतिवेदनअनुसार कूल ४४१ वटा मुद्दा दर्ता गरिएको छ । प्रतिवादीमध�. . .


अफ्रिकि शहर कब्जाको विद्रोहि प्रयास नेपाली शान्ति सेनाले पार्यो विफल

नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ । उक्त शहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि सोको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म त्यहाँ परिचालन भएपछि विद्रोही पछि हट्न बाध्य भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जना. . .


प्रधानमन्त्री कामचलाउ होइन फुलफेज नै, छिट्टै मन्त्रिपरिषद् पुनर्गठन: प्रवक्ता ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताउनुभएको छ । नेकपाको आज बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो । यही पुस ५ गते सरकारका सात जना मन्त्र. . .


राष्ट्रपति समक्ष राजदूत डा खतिवडाबाट शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।. . .


आगोले जलेर ४३ वर्षीया थापाको मृत्यु

पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो । थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुग्नुभएको थियो । एक्लै आगो ताप्ने क्रममा लडेपछि . . .


धादिङ जिल्लामा मेयरकप ब्याडमिन्टन शुरु

जिल्लामा पहिलो पटक मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । आठ विधामा सञ्चालन हुने प्रतियोगितामा जिल्लास्तरीय पुरुष एकल २१ समूह, जिल्लास्तरीय पुरुष युगल १६ समूह, नगरपालिकाअन्तर्गत पुरुष युगल ४७ समूह, अफिसर्स युगल १८ समूह, पालिकाअन्तर्गतको पुरुष युगल ३५ समूह, भेट्रान्स ४५ वर्षभन्दा माथिको एकल १�. . .


मिथिला डिपार्टमेन्टमा भीषण आगलागी

जनकपुरधाम उपमहानगरपालिकाको शिवचोकस्थित मिथिला डिपार्टमेन्टमा आज बिहान भीषण आगलागी भएको छ । बिहान करीब १०.३० बजे लागेको आगोले करोडौंँ मूल्य बराबरको सामान जलेर नष्ट भएको बताइएको छ । नेपाल नागरिक उडड्यन कार्यालय जनकपुरधाम विमानस्थल तथा जलेश्वर, धनुषधाम र क्षिरेश्वरनाथ नगरपालिकाको वारूण यन्त्रको �. . .


सिरहामा फुसको छानो विस्थापन अभियान शुरु

सिरहामा फुसको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । फुसको छानोका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र वर्षेनी परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले फुसको छानो विस्थापित गर्न अभियान शुरु गरेको हो । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत �. . .


सुनको मूल्यरु १०० ले उकालो लाग्यो

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रति�. . .


बैतडीमा जीप दुर्घटना , एकको मृत्यु, तीन घाइते

बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका . . .


सोमपाल कामी, करण केसी र कुशल मल्ल टि१० लिगमा अनुबन्ध

नेपाली क्रिकेट टिमका खेलाडी सोमपाल कामी टिटेन क्रिकेटको मराठा अरेबियन्स टिममा र करण केसी पुने डेभिल्समा आवद्ध भएका छन् । दश ओवर फर्म्याटको क्रिकेट टुर्नामेन्ट टिटेनको लागि उनीहरुलाई अक्सनबाट आवद्ध गरेको छ । यसै संस्करणको प्रतियोगिताको लागि टिम अबुधाबीले कुशल मल्ललाई समेत अनुबन्ध गरेको छ । सबै भन्�. . .


कुशल मल्ल टि१० क्रिकेट लिगको अबुधाबी टिममा आवद्ध

नेपाली क्रिकेट टिमका युवा खेलाडी कुशल मल्ल टिटेन क्रिकेटको अबुधाबी टिममा आवद्ध भएका छन् । दश ओवर फर्म्याटको क्रिकेट टुर्नामेन्ट टिटेनको लागि उनलाई अबुधावीले अक्सनबाट आवद्ध गरेको छ । अबुधावीले सामाजिक संजालमा कुशललाई स्वागत गर्दै उक्त घोषणा गरेको हो । सबै भन्दा छोटो फर्म्याटको उक्त लिगको अघिल्लो स�. . .