सिरहामा फुसको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । फुसको छानोका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र वर्षेनी परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले फुसको छानो विस्थापित गर्न अभियान शुरु गरेको हो । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत �. . .
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रति�. . .
बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका . . .
नेपाली क्रिकेट टिमका खेलाडी सोमपाल कामी टिटेन क्रिकेटको मराठा अरेबियन्स टिममा र करण केसी पुने डेभिल्समा आवद्ध भएका छन् । दश ओवर फर्म्याटको क्रिकेट टुर्नामेन्ट टिटेनको लागि उनीहरुलाई अक्सनबाट आवद्ध गरेको छ । यसै संस्करणको प्रतियोगिताको लागि टिम अबुधाबीले कुशल मल्ललाई समेत अनुबन्ध गरेको छ । सबै भन्�. . .
नेपाली क्रिकेट टिमका युवा खेलाडी कुशल मल्ल टिटेन क्रिकेटको अबुधाबी टिममा आवद्ध भएका छन् । दश ओवर फर्म्याटको क्रिकेट टुर्नामेन्ट टिटेनको लागि उनलाई अबुधावीले अक्सनबाट आवद्ध गरेको छ । अबुधावीले सामाजिक संजालमा कुशललाई स्वागत गर्दै उक्त घोषणा गरेको हो । सबै भन्दा छोटो फर्म्याटको उक्त लिगको अघिल्लो स�. . .
सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद् विघटन हुन नसक्ने बताउनुभएको छ । सभामुख सापकोटाले आज विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने स्पष्ट व्यवस्था गरिएको जिकिर गर्नुभएको छ । संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र �. . .
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सो समूहका तर्फबाट पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको हस्ताक्षरसहित पुस ७ गतेको केन्द्रीय समितिको निर्णय आयोगको जानकारी तथा आवश्यक कारवाहीका लागि भनी आयोग�. . .
सरकारले संयुक्त अधिराज्य ९बेलायत०बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँबाट आउने व्यक्ति अनिवार्�. . .
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताउनुभएको छ । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिनुभयो । उहाँले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रच�. . .
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन वा चुनावबाट पार्टीको कार्यसूची स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । आन्दोलन तयारी बैठकलाई आज यहाँ सम्बोधन गर्दै थापाले राप्रपाको मार्गचित्रबाट मात्र मुकुकको सङ्कटमोचन हुनसक्ने जिकिर गर्नुभयो । नेता थापाले सब. . .
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर उम्कन खोज्ने गाडी चालकलाई पक्राउ गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको कमाण्डमा खटिइ गएको टोलीले आज भेरीगङ्गा नगरपालिका– १३ सुर्खेत भेरीपुलस्थित सडकखण्डमा सवारी जाँच �. . .
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कोरोना भाइरसको महामारीका कारण रोकिएको शहीद स्मारक ‘बी’ डिभिजन लिग दुई महिनापछि पुनःसञ्चालन गर्ने भएको छ । एन्फाले ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । नौ महिनाअघि बीचमै रोकिएको लिगलाई एन्फाको लिग कमिटीले पुनःसञ्चालन गर्ने निर्णय गरेक. . .