देशको खबर

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण

काठमाडौँ, फागुन २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै . . .


यसवर्षको होली : होलीको हर्षोल्लासमा कोरोनाको त्रास

सरोज आचार्य÷यलु जोशी काठमाडौँ, फागुन २६ गते । फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ । यो मौसममा रुखका पालुवा पलाउने, वातावरण उल्लासयुक्त रहने र कामवासनाले प्राणी जाग्रित रहने भएकाले यो पर्वलाई उल्लासका रूपमा लिइएको हो । . . .


आज फागू पूर्णिमा, पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइदै

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त �. . .


देशकै ठूलो सौर्य ऊर्जा प्लान्ट : बैशाखदेखि १५ मेगावाट विद्युत् उत्पादन हुने

रमेश लम्साल काठमाडौँ, फागुन २५ गते । देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ । ग्रिडमा आब�. . .


ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते

सर्लाही । ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल  नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आँफैले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए । सर्लाही बलरा नगरपाल�. . .


१२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरे

कैलाली । कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्न. . .


महिला दिवसकै दिन कपिलवस्तुमा एक महिलामाथि एसिड प्रहार

सामान्य विवाद हुँदा कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एसिड प्रहार भएको छ । क्रिकेट ब्याटका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले ५१ वर्षीया बेदमतीदेवी गुप्तामाथि एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट गुप्ता घाइते भएकी छन् भने अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्�. . .


पत्रकार विरेन्द्र शाहको हत्यामा संलग्न मुख्य आरोपी १२ वर्षपछि पक्राउ परे

बारा । बाराका पत्रकार विरेन्द्र शाहको हत्यामा संलग्न मुख्य आरोपी १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत बाराले जन्मकैदको फैसला सुनाएका फरार प्रतिवादी महागढीमाई नगरपालिका निवासी ४५ वर्षीय कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । फौजदारलाई नियन्त्रणमा लिने क्. . .


यस्ता पनि शिक्षक : विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ

देवबहादुर कुँबर काठमाडौँ, फागुन २४ गते । विद्यार्थीलाई यातना दिने शिक्षिका सीतालक्ष्मी कर्माचार्य जागीरबाट बर्खास्त हुनुका साथै प्रहरीले पक्राउ गरेको छ । उहाँलाई विद्यालयले शुक्रवारबाट लागू हुने गरी बर्खास्त गरेको छ भने महानगरीय प्रंहरी वृत्त बानेश्वरले कर्माचार्यलाई भक्तपुरस्थित निवासबाट पक�. . .


प्रधानमन्त्री ओलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको छ । धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेका हुन् । ६९ वर्षीय प. . .


चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

मकवानपुर । भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तानको उपच. . .


देशका केही स्थानमा दिनभर वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज दिनभरी पानी पर्ने जनाएको छ । शनिबार जारी गरेको मौसम पूर्वानुमानमा महाशाखाले देशका केही स्थानमा दिनभर वर्षाको सम्भावना रहेको जनाएको हो । हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । भने पश्चिमी भू–भागमा कतै सामान्य र कतै पूर्ण बदली भएको र बाँकी भू–भागमा आं. . .