रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहि�. . .
काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्. . .
कोरोना संक्रमित भइ उपचार गराइरहेका थप ९ जना शनिबार साँझ डिस्चार्ज भएका छन् । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा उपचाररत ९ जना डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए । आज डिस्चार्ज हुनेमध्ये बाराका २ जना, रौतहटका ३ जना र पर्साका ३ जना रहेका छन् . . .
दीपकप्रसाद गौतम वीरगञ्ज, जेठ १० गते । भारतका विभिन्न स्थानमा रोजगारीका सिलसिलामा पुगेका पाँच हजार १२३ जना नेपाली प्रदेश २ को आठ जिल्लामा पर्ने विभिन्न नाका भएर जेठ १ गते यता नेपाल भित्रिएका छन् । सीमा नाकामा आएर अलपत्र परेका, भारतको विभिन्न क्वारेन्टाइनमा रहेका तथा भारतका विभिन्न सहरबाट सीमासम्म आइ�. . .
थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए । बैतडीमा ४ जना, झापामा १, बाकेमा २७, बर्दियामा १, सुर्खेतमा ३ जना गरी ३६ जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । संक्रमितको संख्या ५८४ पुगेको छ । कोरोना संक्रमण देखिनेमा कोर�. . .
लहान, जेठ १० । तोकिएको मूल्यभन्दा बढी मूल्यमा सिमेन्ट बेचेको भन्दै प्रहरीले शुक्रबार सिरहाको गोलबजार नगरपालिका–४ स्थित सुशील हार्डवेयरको गोदाम सिल गरेको छ । सञ्चालकलाई धरौटीमा रिहा गरिएको छ । लकडाउनको मौका छोपी निर्धारित मूल्यभन्दा बढीमा सिमेन्ट, छडलगायतका निर्माण सामग्री बेचेको भन्दै प्रहरीले �. . .
कपिलबस्तु, बारा, रुपन्देही, सर्लाही र चितवनमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । कपिलबस्तुको वाणगांगा नगरपालिका, सर्लाहीको गोडैता, कविलासी नगरपालिका, रुपन्देहीको गैडहवा र रोहिणी गाउँप�. . .
मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ भने बंगलादेशको आसपासमा अवस्थित चक्रवात (अम्पुन) कमजोर भई न्यून चापीय प्रणालीको रुपमा रहेको र यसले नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारिरहेक. . .
नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मकवानपुरको हेटौंडा-३ का ५४ वर्षीया महिला र भक्तपुरका ४२ वर्षीया महिलासहित सप्तरीका एक जना र बारका ६ जनामा कोरोना देखिएको हो । यसअघि शुक्रबार बिहान ३० जना र दिउँसो २० जनामा कोरोना देखिएको थ. . .
काठमाडौं । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका . . .
नेपालमा शुक्रबार बिहान ३० जना कोरोना संक्रमित थपिएका छन् । नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो । नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी समेटिएको छ ।. . .
दार्चुला । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले नक्�. . .