देशको खबर

तीन सातादेखि अवरुद्ध राँके–रवि सडक आइतबारदेखि पुनः सञ्चालनमा

इलाम, साउन ९ गते । बर्सातका कारण तीन सातादेखि अवरुद्ध राँके–रवि सडक आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको घुर्बिसे पञ्चमी नजिकै मगर भित्तामा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । सडकको मर्मतसम्भार र स्तरोन्नति गरेपछि सडक पुनः सञ्चालनमा आए�. . .


आज बिहान गोरखामा भूकम्पको परकम्प

काठमाडौं । दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ । आज बिहान १० बजेर २९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दोलखा र रामेछापको आसपास केन्द्रविन्दु रहेकाले रामेछापमा ठूलोे धक्का महसुस भएको जनाइएको छ । २०७२. . .


वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको पारिवारजनले जनाएको छ ।मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर खाना खाएर काम गर्न गएका बेला उनलाई छाती दुख्न. . .


जनप्रतिनिधिले गाउँपालिकाको नाम फेरे

गाईघाट (उदयपुर), साउन ८ , गाउँपालिकाको बहुमत बोर्ड सदस्यको बैठकले उदयपुरको सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ गाउँपालिका राख्ने निर्णय गरेको छ । गाउँपालिकाको १३ सदस्यीय बोर्डका सदस्यमध्ये आठजना सदस्यले सुनकोशी गाउँपालिकाको नाम फेर्नु पर्ने प्रस्ताव ल्याएर बहुमतले पास गरेपछि सुनकोशी गाउँप. . .


वाग्मती सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ । वाग्मती सफाइ महाअभियानको २१९ औँ हप्तामा त्रिपुरेश्वर नयाँ पुल क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । महाअभियानका सबै अभियन्ता विष्णुमती सफाइ अभियानमा सहभागी हुने भनिए पनि विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइमा बिराम नगरिएकाले १०० जनाले सफा गरिएको अभियानकर्. . .


नाबालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

लमजुङ । नाबालिकालाई जबरजस्ती करणी गर्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दोर्दी–२ का ४६ वर्षीय सन्तबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो । परियारलाई घटना घटेको एक घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका परियारले अत्यध. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रुप परिवर्तन

एकराज पाठक काठमाडौं—असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए। उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ। छ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ। हो, यतिखेर त्रिभुवन अन्तर. . .


घरको इनार सफा गर्न गएका मजदुरको निस्सासिएर मृत्यु

रत्ननगर, चितवन । पश्चिम चितवनको गीतानगरस्थित एक घरको इनार सफा गर्न गएका मजदुरको निस्सासिएर मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ स्थित नयाँ बस्तीका सोमबहादुर लोको घरमा रहेको इनार सफा गर्न गएका स्थानीयवासी ३६ वर्षीय रामकुमार रानाको बिहीबार विहान निस्सासिएर मृत्यु भएको हो । करिव ४० फिट गहिरो इनारमा. . .


बालकको बुधबार साँझ पोखरीको पानीमा डुबेर मृत्यु

धनुषाको सबैला नगरपालिका १० अमरखानाका एक बालकको बुधबार साँझ पोखरीको पानीमा डुबेर मृत्यु भएको छ । साँझ साढे ६ बजे स्थानीय रामदयाल यादवका २ वर्षीय छोरा शिवराज यादव खेल्ने क्रममा घर नजिकैको सार्वजनिक पोखरीमा डुबेका थिए । उनको उपचारको लागी जनकपुर अंचल अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको अस्थायी प्र. . .


एनआईसी एसिया बैंकको खुद नाफा डेढ अर्ब नजिक

काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष ०७३÷०७४ मा खुद नाफा ४० करोड रुपैयाँ बढाएको छ । गत असार मसान्तसम्म बैंकले कुल १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ६ करोड ६९ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । बैंकले बिहीबार गत आवको अपरिष्कृत वित्तीय विवर. . .


एक महिलाको सामूहिक बलात्कारपछि हत्या, तीन पक्राउ

गौशाला । महोत्तरी जिल्लाको भंगहा गाउँपालिका–९ पोखरी टोलमा एक महिलालाई सामूहिक बलात्कार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोहारपट्टी गाउँपालिका–१ बस्ने प्रगास यादवका छोरा ४६ वर्षीय वरुणकुमार यादव, हनिफ कवारीका छोरा २८ वर्षी�. . .


छोरीहरु र ज्वाइँ मिलेर बाबुको हत्या गरेको अारोपमा चार जना पक्राउ

रत्ननगर, चितवन । पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको बुधबार यसरी हत्या भएको हो । घटनाको प्रारम्भिक अनुसन्धानमा उनका छोरीहरु अञ्जना . . .