लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली नेपालगञ्ज आइपुगेको छ। नेपालगञ्जमा देशभरमै धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि स्वास्थ्यकर्मी तथा प्राविधिक टोली आजै नेपालगञ्ज आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना. . .
कोभिड–१९ को जोखिम हुन नदिन प्रहरीले एम्बुलेन्स आवतजावतमा समेत रोक लगाउँदा बिरामी अलपत्र परेका छन्। कर्णाली प्रदेशको मूल प्रवेशद्वार सुर्खेत भेरीगङ्गा नगरपालिकाको बबईस्थित प्रहरीले प्रदेश सरकारको निर्णय विपरीत मंगलबार बिहानदेखि एम्बुलेन्सलाई प्रदेश छिर्न नदिएको एम्बुलेन्स चालकले बताएका छन्। . . .
कोरोना भाइरसको संक्रमणको उपचार गरेर घर फर्किएका तीन जनामा फेरि कोरोना पोजेटिभ देखिएको छ । पुन:संक्रमित हुनमा काठमाडौं, रौतहट र वीरगञ्जका एक-एक जना संक्रमित हुन् । रौतहटका एक युवक र विरगंजमा भारतीय जमातीका साथै काठमाडौंमा पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुष रहेका छन् । रौतहट र वीर�. . .
महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु भएका १२ मध्ये तीन जनाको कोभिड–१९ जाँच नेगेटिभ आएपछि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले सबैको मृत्यु अन्य कारणबाट भएको जना�. . .
आफूलाई लालनपालन गर्दै आएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात वर्षीय दीपक थापा र पाँच वर्षीया जानकी थापालाई आमा इशारा थापाले पालनपोषण गर्दै �. . .
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रदेशका सवारी तथा पैदल प्रवेश गर्ने सबै नाका राति १२ः०० बजेबाट पूर्णरूपले बन्द गर्ने निर्णय ग�. . .
जिल्ला प्रशासन कार्यालय कैलालीले लकडाउनका समयमा यही वैशाख ३ गतेदेखि कार्यालयबाट जारी भइरहेको ई–पासमा कडाइ गर्ने भएको छ । प्रशासन कार्यालयले आजदेखि जिल्ला बाहिरका लागि उक्त ई–पास जारी नगर्ने र गर्नैपर्ने भए सम्बन्धित व्यक्ति÷निकायले जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर सहमति दिएमा मात्�. . .
बझाङको केदारस्यु गाउँपालिका–२ की ३३ वर्षीया एक सुत्केरी महिलाको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बझाङ जिल्ला अस्पतालमा यही वैशाख १२ गते शल्यक्रिया गरी प्रसूति भएकी जानकीदेवी रावलको पेट सुन्निने समस्या आई उपचार सम्भव नभएपछि सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सु�. . .
सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्कीको अचानक मृत्यु भएको सशस्त्र प्रहरी गण ६ नम्बरले जनाएको छ । भा�. . .
लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब रु पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म रु एक अर्ब ६९ करोड ५४ लाख ४८ हजार बराबरको तयारी औषधि र रु ३४ करोड १९ लाख ७८ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भ�. . .
आजै कोभिड-१९ का ७ जना नयाँ संक्रमित थपिएका छन् । नेपालगंजको प्रयोगशालामा आजा भएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमित संख्या ८२ पुगेको छ । सबै संक्रमित नेपालगंजको भएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार संक्रमित हुनेमा नेपालग�. . .
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव नहुने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १३ औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको सही सूचना प्राप्त गर्ने अधिकारप्रति सरकारको निष्ठापूर. . .