देशको खबर

जोडियो विराटनगर–किमाथाङका सडक

विराटनगर । राष्ट्रिय गौरव आयोजना विराटनगर रानी–संखुवासभा किमाथाङ्का सडक सञ्जालमा जोडिएको छ । उत्तर–दक्षिण कोशी (सडक) आयोजना अन्तर्गत संखुवासभाको खाँदवारीदेखि भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मको व्यापारिक मार्ग जोडिएको हो । योसँगै चीन–नेपाल–भारत सडक सञ्जालमा गाँसिएका छन् । यो तीन देशलाई जोड्�. . .


विराटनगर रानी अस्पतालमा दरबन्दी अनुसारको चिकित्सकको अभाव,सयौ विरामीलाई सास्ती

प्रेम देवान विराटनगर । रानी अस्पताल मा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । विराटनगर–१५ मा रहेको उक्त अस्पताल नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ‘प्रथम सेवा बिन्दु’का रूपमा तोकिएको भए पनि पर्याप्त जनशक्ति अभावका कारण बिरामीहरू घण्टौँ लाइन बस्न बाध्य छन�. . .


डोजर आतंक बन्द गर्न माग गर्दै मोरङका सुकुम्बासीद्वारा विराटनगरमा प्रदर्शन

सोनु साह विराटनगर । मोरङ जिल्लाका सुकुम्बासीहरुले आफूहरूमाथि भइरहेको डोजर आतंक तत्काल बन्द गर्न माग गर्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन् । संयुक्त संघर्ष समिति मोरङको नेतृत्वमा सुकुम्बासीहरुले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाए�. . .


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

विराटनगर । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सोमबार बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो । उपमहासचिव लेखराज भट्टका अनुसार बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय मात्रै गरेको थ�. . .


विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित

काठमाडौं । विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ । जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो। महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट मन्त्री निशा मेहताको वक्तव्य सम�. . .


बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फिर्ताको तयारी

काठमाडौं । भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका ६ जना नेपाली बालबालिकालाई उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा सामाजिक संस्था ‘किन इन्डिया’को पहलमा उनीहरूको उद्धार गरिएको हो । उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी �. . .


अन्तर्राष्ट्रिय रुपमै लाज हुनेगरी संसदीय पत्रकारहरुको हरिबिजोग छ : सांसद सुनार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रातदिन नभनी जनतालाई सूसुचित गर्ने कर्ममा लागेका संसदीय पत्रकारहरुलाई कम्तिमा तिर्खा ल�. . .


जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की �. . .


त्रिविको ८० प्रतिशत उपस्थितिको नियम पुनरवलोकन गर्न सांसद धितालको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले त्रिभुवन विश्वविद्यालयमा ८० प्रतिशत भौतिक उपस्थितिको नियममाथि पुनर्विचार गर्न आग्रह गरेकी छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धितालले त्रिवि अन्तगएतका कक्षाहरुमा प्रत्येक सेमेस्टरमा लागू गरिएको ८० . . .


आजको सुन चाँदी बजार : सुनको भाउ बढ्दा घट्यो चाँदी

नेपाली बजारमा आज (सोमबार)सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। आइतबार तोलामा चार हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९४ हजार �. . .


मोरङमा आएका राउटे समुदायलाई निसेलुङ पार्कमा हेर्नेको भिड (फोटो फिचर)

प्रेम देवान विराटनगर । मोरङको उत्तरी पहाडी क्षेत्रस्थित मिक्लाजुङ गाउँपालिका–३ को निसेलुङ पार्कमा लोपोन्मुख घुमन्ते राउटे समुदाय आइपुगेपछि अहिले उक्त क्षेत्र आन्तरिक पर्यटक र स्थानीयवासीका लागि आकर्षणको केन्द्र बनेको छ । कर्णाली प्रदेशको सुर्खेतबाट आएका २५ जना राउटे समुदायका सदस्यहरू जेठ १ ग�. . .


वैज्ञानिकहरूको नयाँ खोज : ऊर्जा अभावले बढ्न सक्छ डिमेन्सिया

काठमाडौं । अमेरिकामा गरिएको एक नयाँ अनुसन्धानले मस्तिष्कको ऊर्जा उत्पादन प्रणालीमा हुने गडबडीले डिमेन्सिया तथा स्मरणशक्ति कमजोर हुने समस्यामा प्रत्यक्ष भूमिका खेल्न सक्ने संकेत दिएको छ । अनुसन्धानकर्ताहरूले मस्तिष्कका कोशिकाभित्र रहेका‘माइटोकन्ड्रिया’लाई अस्थायी रूपमा सक्रिय बनाउँदा डिमेन्. . .