देशको खबर

टीका र जमरा लगाएर एक महिनाअघि नै मनाइयाे दसैं !

गोरखा । यस वर्ष असोज २१ मा दसैं आपरेको छ। गोरखाका केही समुदायले भने भदौ १४ मै जमरा राखेर आइतबार टीका र जमरा लगाइ दसैं मनाएका छन्। बिहान १० बजेको शुभ साइतमा सामूहिक रुपमा टीका लगाइएको सिरानचोक गाउँपालिका-४ छोप्राकको नेवा गुठी समाजका कुमार श्रेष्ठले जानकारी दिए। पर्व सुधारअनुसार आइतबार दशमी परेको उनक�. . .


छोराको रुसमा हत्या, बुवा ५ बर्षदेखि साउदीमा बन्धक, फोनमै धरधरी रोए

कपिलवस्तु । वैदेशिक रोजगारले कपिलवस्तुकाे एक परिवारलाई विचल्लीमा पारेको छ। छोराको रुसमा हत्या भएको छ भने बुवा साउदीमा राेजगारदाता कम्पनीबाट बन्धक बनाइएका छन्। उनी छोराको अनुहार अन्तिम पटक हेर्न घर आउन चाहन्छन्। तर, मालिकले अनुमति नदिएपछि छोराको मृत्युको खबर सुनेर फोनमै धरधरी रोएका छन्। उनले जसरी प. . .


यसवर्षको टीकाको साइत १० बजेर ३५ मिनेट निर्धारण

काठमाडौं भदौ २३ ,  नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको टीकाको साइत निर्धारण गरेको छ । समितिको बैठकले टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेट निर्धारण गरेको हो । पञ्चाङ् निर्णायक समितिको बैठकले घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द. . .


मौसम जानकारी : आज देशैभरी आंशिक देखि सामान्य बदली

काठमाडौं । अहिले देशभर आंशिक देखि सामान्य बदली भई पूर्वी पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज देशभरी आंशिकदेखि सामान्य बदली रही पूर्व देखि पश्चिम सम्मकै केही स्थानमा मध्यान्हपछि मेघ गर्जन र चट्यांङ सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहे�. . .


निजामती दिवस : गुणस्तरीय सेवाले जनताको मन जित्नुपर्छ

नारद गौतम/नगेन्द्र सापकोटा काठमाडौँ, भदौ २२ गते । नेपालको निजामती प्रशासन सुशासनप्रति अझ प्रतिबद्ध र नतिजामुखी हुनैपर्नेमा विज्ञहरूको जोड छ । छिटोछरितो र सहज ढङ्गले सरकारी सेवा प्राप्त होस् भन्ने अपेक्षा जनताले राखेकाले राष्ट्रसेवक कर्मचारीले बिनाझन्झट समयमै गुणस्तरीय सेवा दिएर आफ्ना कामकारबाह�. . .


दाजुभाइबीचको झगडाले आमाको ज्यान गयो

महोत्तरी, भदौ २२ गते ।  महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ । हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आपूm चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो । बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षी�. . .


कोरामै किरियापुत्रीको मृत्यु भएपछि पाल्पामा सुरुभयो-मृत्यु संस्कार बहस !

पाल्पा। मृत्यु संस्कारको काम १३ दिनबाट घटनाएर पाँच वा सात दिन गर्नुपर्छ भन्ने विषयमा केही वर्षदेखि बहस सुरु भएको छ। कतैकतै त १३ दिनलाई घटाएका अभ्यास पनि भएका छन्।अब त्यो सँगै मृत्यु संस्कारमा किरिया बस्ने व्यक्तिको स्वास्थ्य अवस्थाबारे पनि बहस थाल्नुपर्ने सरोकारवालाले जनाएका छन्। उनीहरुका भनाई�. . .


साइकल वितरणपछि विद्यालयमा बालिकाको ओइरो

राजविराज । प्रदेश २ सरकारले छात्रालाई लक्षित गरी साइकल बितरण थालेपछि सप्तरीका विद्यालयहरुमा छात्राहरुको संख्या ह्वातै बढेको छ । छोरीहरुलाई पढाईमा प्रोत्साहन गर्न मुख्यमन्त्री लालबाबु राउतले “बेटी बचाऊ, बेटी पढाऔं” अभियान चलाएर साइकल बितरण सुरुवात गरेपछि विद्यालयहरुमा छात्राहरुको संख्या ह्वात�. . .


आज देशका पश्चिमी र पुर्वी भुभागका केही स्थानमा मध्यम वर्षा

काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर केही दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थान आसपास छ। उत्तर ओडीशा र पश्चिम बंगाल आसपास न्�. . .


बीरगञ्जमा किशोरीमाथि एसिड प्रहार

विराटनगर । घरबाट स्कुल जाँदै गरेकी एक छात्रा माथी शुक्रवार बिहान बीरगञ्जमा एसिड प्रहार भएको छ । दुई जनाको संख्यामा रहेका युवाहरुको समुहले बाटोमा हिँड्दै गरेकी ती छात्रालाई एसिड छ्यापेर गरि गम्भीर घाईते बनाएका हुन् । बीरगञ्ज छपकैयाकी १५ वर्षिय मुस्कान खातुन माथी एसिड प्रहार भएको प्रहरीले जनाएको छ । �. . .


लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमणबाट राजधानीमै एकजनाको मृत्यु

चौतारा : लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमणबाट राजधानीमै एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६५ वर्षे रामबहादुर दनुवारको बिहीबार बेलुका काठमाडौंस्थित भेनस अस्पतालमा  मृत्यु भएको हो। ज्वरो आएपछि उपचारका लागि मंगलबार राजधानी आएर भेनस अस्पतालमा भर्ना �. . .


प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्कंदै

काठमाडौँ, भदौ २०। प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि भदौ ५ गते सिङ्गापुर जानुभएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उप. . .