देशको खबर

अन्तरजातीय विवाहका कारण सुनसरीका एक प्रेम जोडी भूमिगत

अर्जुन आचार्य विराटनगर भदौ १४ : अन्तरजातीय विवाह गरेकै कारण सुनसरीका एक प्रेम जोडी भूमिगत हुन बाध्य छन्। आफूहरू सार्वजनिक भए केटी पक्षका आफन्तको निशानामा पर्ने भयले उनीहरू भूमिगत हुन बाध्य भएका हुन्।  उनीहरूले ठाउँ नबताउने शर्तमा पत्रकार सम्मेलन गरी आफूहरूलाई ससम्मान घर फर्कने वातावरण बनाइदिन आग्. . .


दाजुद्वारा बहिनी बलात्कार , यस्तो थियो घटना !

प्रेम सुनार, गुल्मी, १४ भदौ । गत महिना पाल्पाको तिनाउँ–५, चर्चरेको जंगलमा दाजुद्वारा बहिनी बलत्कृत भएको भनिएको घटनाका पछाडि पछिल्लो चरण केहि चर्चाहरु पनि चल्न थालेका छन् । ती बलाकृत भएकी भनिएको युवतीका नजिकका आफन्तसँग बुझ्दा उनि आफु खुसी भागी विवाह गरेर गुल्मीको कुर्घा पुगेकी थिईन् । केहि दिनपछि थाह . . .


हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी

हेटौँडा, भदौ १४ गते । हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी भएका छन् । गए राति हेटौँडा उपमहानगरपालिका–१ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बंैक र हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो । हेटौँडा उपमहानगरपालिका–१ को चाइनाक्वाटरमा रहेको वडा कार्यालयबाट रु ६१ हजार ५० चोरी भएको वड. . .


प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता

काठमाडौँ, भदौ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा आज बिहान राजधानी आइपुग्नुभएकी प्रधानमन्त्री हसि. . .


ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ,मोदीलाई कालो झण्डा देखाउने भन्दै पक्राउ

काठमाडौं भदौ १४ - ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । आज बिहान प्रहरीले उनलाई गौशालास्थित उनको घरबाटै पक्राउ गरेको हो । प्रहरीको हेटक्वाटरबाट सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन. . .


बिम्स्टेकको चौथो शिखर सम्मेलन आजदेखि काठमाडौँमा

काठमाडौँ, भदौ १४ गते । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेकको)चौथो शिखर सम्मेलन बिहीवार काठमाडौँमा विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ । दुई दिनसम्म चल्ने सम्मेलनमा बिम्स्टेकका सात देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख�. . .


बिमस्टेकका लागि भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभूवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । मोदी प्रधानमन्त्री भएपछि चौथोपटक नेपाल आएका हुन् । बंगलादेश र थाइल्याण्डका प्रधानमन्त्री पनि अहिले केहीबे�. . .


आज तीनघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध हुने

काठमाडौं, १४ भदाै। बिमस्टेक सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाका कारण आज झण्डै तीनघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध हुने भएको छ ।  सम्मेलनमा भाग लिन आज भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख काठमाडौं आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलाद. . .


साढे ३३ किलो सुन तस्करी प्रकरण : बाजेको सेकुवाको सिलबन्दी खोल्न सर्वोच्चको आदेश

काठमाडौं, १४ भदाै । साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका चेतन भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा गरिएकाे सिलबन्दी हटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गठित सरकारी टोलीले बाजेका सेकुव. . .


मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौँ, १४ भदौ । नेपाल राष्ट्र बैंकले एक वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विगत दुई वर्षयता बढ्दै आएको मुलुकको आर्थिक वृद्धिदर आगामी वर्ष ८ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेका हुन । काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ . . .


म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिनीमा

भैरहवा भदौ १३ । बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् ।राष्ट्रपति मिन्ट चार्टर विमानमार्फत लुम्बिनी पुगेका हुन । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले �. . .


त्रिशूली नदीमा बस खस्दा एक जनाको मृत्यु

धादिङ, भदौ १३ । त्रिशूली नदीमा गए राति बस खस्दा एक जनाको मृत्यु भएको छ । एक बेपत्ता भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको छ । सोही ठाउँका २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइ�. . .