देशको खबर

स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु

पर्सा । वीरगन्जको महावीरस्थान चोकमा आज बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ ।  कादम्बरी एकेडमी विद्यालयको ना२ख ८९३ नंको बसले ठक्कर दिँदा वीरगन्जको महावीरस्थान चोक निवासी राम अग्रवालकी १४ वर्षीया छोरी दिया अग्रवालको घटनास्थलमै मृत्यु भएको हो । दिल्ली पब्लिक स्कुल, वीरगन्ज�. . .


स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली सेनालाई खटाउन राष्ट्रपतिद्वारा स्वीकृति प्रदान

काठमाडौं । जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली सेनालाई खटाउन राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालनको स्वीकृति प�. . .


संसद बैठक ५ मिनेटमात्र बसेर स्थगित

काठमाडौं । आजको संसद बैठक ५ मिनेटमात्र बसेर स्थगित भएको छ । दिउँसो १ बजे बोलाइएको संसदीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने र बजेट उपर छलफल सुरु हुने बताइएको थियो । नयाँ अधिवेशनको पहिलो बैठकमा सभामुख ओनसरी घर्ती मगरले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र वाचन गरी सुनाएर भोल�. . .


धारिलो हतियार प्रयोग गरेर एक दम्पत्तिको हत्या

कैलाली । धनगढी उपमहानगरपालिका ७ छात्राबास टोलमा गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर एक दम्पत्तिको हत्या भएको छ । स्थानीयले दिएको सुचनाका आधारमा प्रहरी घटनास्थलमा पुग्दा घरमा ताला लगाइएको थियो । प्रहरीले ताला फोडेर हेर्दा ७२ वर्षीय बद्रिप्रसाद जोशी र ६५ बर्षीय कुन्तादे�. . .


कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न किसानलाई मोबाइल फोन वितरण

रामपुर । जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ । यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो । कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण �. . .


सगरमाथा आरोहणका क्रममा अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ ।  चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार ४०० मिटरको उचाइमा ज्यान गएको प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए । उनीसँगै यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । यसअघि नेपाली नागर�. . .


बजेटका लागि छलफल गर्न आजदेखि बजेट अधिवेशन सुरु

काठमाडौं । आगामी आर्थिक वर्ष ०७४÷०७५ का लागि ल्याइने वजेटका लागि छलफल गर्न आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ । वजेट अधिवेशन सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ वजेट संसदको वैठक बोलाएकी छिन् । सरकारले आइतबार आगामी आवका लागि नीति तथा कार्यक्रम पारित गरेको छ । बिहीबार राष्ट्रपति भण्डार�. . .


प्रधानमन्त्री प्रचण्डलाइ तत्काल राजिनामा दिन दबाब

सत्ता साझेदार काँग्रेस नेता डा. रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिनुभएको छ । नेता महतले बैशाख मसान्तभित्रै राजीनामा दिने सहमतिबाट पछि हटेको भन्दै प्रधानमन्त्री दाहालको कडा आलोचना गर्नुभयो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रधान�. . .


सेती नदीले बगाएका युवा मृत फेला

तनहु । सेती नदी तरेर घर जान लागेका एक युवकलाई सेती नदीले बगाएर शनिबार बेपत्ता बनाएकामा आज अपराह्न मृत फेला परेका छन् । व्यासनगरपालिका– ५ बेतनी दुलेपहाड स्थानबाट नदी तर्ने क्रममा ऋषिङ् गाउँपालिका– १ निवासी २६ वर्षीय देउबहादुर थापाको मृत्यु भएको हो । दमौलीबाट घर जान हिँडेका चार जनामध्ये थापा अगाडि ग�. . .


दोस्रो चरणको चुनावमा मधेशी मोर्चा पनि सहभागी हुने प्रधानमन्त्री दाहालको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चाले दोस्रो चरणको निर्वाचनमा भाग लिने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचन ठूलो उत्सवको रुपमा सम्पन्न हुने दावी समेत गरे । आइतबार जनकपुरमा स्थानीय संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाह�. . .


काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमाले विजयी

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुखमा एमालेका अशोक ब्यान्जु ७ हजार ९८१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश हुमागाईले ५ हजार ९०८ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा एमालेका विमला शर्मा ६ हजार ७२३ मत प्राप्त गर�. . .


नवनिर्वाचित गाउँपालिका अध्यक्ष तथा कांग्रेसका नेता कार्यकर्तामाथि आक्रमण

दार्खा । धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि गएराति साङ्घातिक आक्रमण भएको विरोधमा नेविसङ्घ धादिङले आइतबार जिल्ला बन्द गरेको छ । गाउँपालिकामा निर्वाचित भएपछि मैदीमा विजयोत्सव मनाएर हिजो साँझ खाना खाइरहेका ब. . .