देशको खबर

मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न नेपालले गरेका प्रयास बारे स्वास्थ्यमन्त्री पौडेलद्वारा जानकारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि स्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८ औँ विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले विद्यमान स्वास्थ्य चुनौतीले सामाना ग�. . .


शून्य समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकका शून्य समयमा भाग लिँदै सदस्यहरुले पर्यटन क्षेत्रलाई दिनुपर्ने सुविधादेखि लिएर विपद् व्यवस्थापनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सदस्य उर्मिला अर्यालले भारतीय पर्यटकलाई एक हजार र ५०० दरका भारतीय नोट चलाउने अनुमति दिएमा नेपाल आउने पर्यटक �. . .


विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

काठमाडौं । उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी आउदाँ सचेत गराउने प्रविधिको विकास हुनुपर्ने बताएका छन् । बुधबार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम २०८२’ मा बोल्दै उनले ठुला हाइड्रोपावर, सिँचाइको आयोजना खोला के�. . .


राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन् : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यसत्ता विरुद्ध सुरु गरेको परिवर्तनको लडाइँ एकै दिनमा पूरा नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले चाहनाले मात्र राजा ल्याउने सपना पूरा नहुने भन्दै योजना, रणनीतिका साथ अगाडि बढ्नुपर्ने बताए । उनले भन. . .


गभर्नरमा डा.विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा.विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय सिफ. . .


देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन् : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रष्टाचारलाई शून्यमा झार्ने र दण्डहीनतालाई अन्त्य गर्न सके मात्र देशमा सुशासन दिन सकिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘बद्लिदो विश्व परिवेशमा नेपालले अङगाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले अहिले जे जति आर्थिक चह. . .


विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिए�. . .


गभर्नर सिफारिस समितिकाे बैठक सुरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा केही बेरअघि सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहनुभएको समितिमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य हुनुहुन्छ । अर्थमन्त्री पौडलको सचिवालयल. . .


सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : उपमहासचिव पुन

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले सरकारलाई प्राथमिकतामा नराखेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विसं २०८४ को चुनावपछि ताजा जनादेशपछि मात्र सरकारमा जाने बताउनुभयो । उहा�. . .


तीन दशकमा पनि पूरा भएन बाग्मती स्वच्छ बनाउने जिम्मेवारी

पूर्णप्रसाद मिश्र/रासस काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका बाग्मती र यसका सहायक नदी नालालाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले सरकारी निकाय खडा भएको ३२ वर्ष पूरा हुँदा नदी स्वच्छ हुन सकेको छैन । नदीनालालाई स्वच्छ बनाएर यसका किनारमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्वका धरोहरको ज�. . .


नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष, चिनियाँ सहयोगको प्रशंसा

काठमाडौं । नीति अनुसन्धान संस्थान र राष्ट्रिय अन्तर्राष्ट्रिय रणनीति संस्थान (नेशनल इन्स्टिच्यूट अफ इन्टरनेशनल स्ट्राटेजी)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमको बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस्तै, आजबाट नै नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० �. . .


‘सांसदलाई विकास प्रक्रियाबाट अलग गर्नुपर्ने नकारात्मक भाष्य निर्माण गरियो’

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले मानिसहरु सांसदलाई विकास प्रक्रियाबाट अलग गर्नुपर्ने नकारात्मक भाष्य निर्माण गर्न लागेको भन्दै यस�. . .