देशको खबर

हरियाली छाउँदै विराटनगर

विराटनगर । विराटनगर महानगरपालिकामा क्रमशः हरियाली छाउँदै गएको छ । पछिल्ला तीन वर्षयता बिरुवा रोप्ने र संरक्षण गर्ने अभियानले गति लिएसँगै कोशी प्रदेशको राजधानी विराटनगर हरित सहर उन्मुख बनेको हो । विभिन्न संघसंस्थाले कुनै अवसर पारेर सामाजिक कार्यको रुपमा बिरुवा रोप्ने तर संरक्षण नगर्ने प्रचलन नै थि�. . .


लागू औषधसहित मोरङ,झापा र सुनसरीबाट ११ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जेठ ११ गते भद्रपुर नगरपालिका–५ बाट २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित. . .


लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ : पूर्व राष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले लोकतन्त्र, गणतन्त्र र संघीय व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही दिशामा अघि बढाउन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताएका छन् । बुधबार नेपाल प्रेस युनियनको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक संस्थाभित्र पनि पूर्ण लोकतान्. . .


प्रतिनिधिसभामा ’चलचित्र विधेयक, २०८२’ प्रस्तुत, सैद्धान्तिक छलफल सुरु

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले ’चलचित्र विधेयक, २०८२’ छलफलका लागि प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। बुधबार बसेको बैठकमा मन्त्री तिमल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्। विधेयकमाथिको छलफलमा भाग लिँदै स. . .


आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले विश्व अर्थतन्त्रमा अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बीच पनि नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको जनाएको छ । सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.�. . .


अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दिपकराज बोहोराले अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्थाको माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू कञ्चनपुर–२ बाट निर्वाचित भएकोले आफूलाई डोटेली भाषामा बोल्न मन लागेको सुनाए । उनले भने, ‘मलाई डोटेली भाषा मन . . .


सांसद डाँगीको प्रश्न :संसद् भवनका कुर्सी स्वदेशी काठका हुन् कि विदेशी?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नयाँ संसदमा प्रयोग भएको काठ कुन देशको प्रयोग गरिएको हो भन्दै प्रश्न गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले संसद् भवनका कुर्सीहरू कुन देशको काठबाट बनेका हुन भनेर प्रश्न गर्दै नेपालमा काठको पर्याप्त सम्भावना हुँदाहुँदै पनि व�. . .


नयाँ संसद भवन सभाहलभन्दा फिल्म हलजस्तो भयो : ऐन महर

काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले नयाँ संसद भवनको संरचना र व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले वर्तमान सरकारले अघिल्ला सरकारका अधिकांश कार्यक्रम, संरचना र अभ्यासहरू भत्काउने अभ्यास गरिरहेको टिप्पणी गरे । उनले त्यसबीच संसद भवनलाई भने सञ्चालनमा ल. . .


क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद् निश्कल राईले क्रोएसियामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको शव २३ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली सांसद राईले मे ६ मा क्रोएसियामा भएको सडक दुर्घटनामा इलामको सन्द. . .


संसदमा प्रधानमन्त्री आउनुपर्छ, नभए मलाई निकाल्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको उपस्थितीको माग गर्दै प्रतिनिधिसभामा आफूलाई निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले लामो समयदेखि प्रधानमन्त्रीको उपस्थिती माग गरिँदै आएको उल्लेख गरे । उनले नियमावलीको �. . .


अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । बुधबार नेपाल प्रेस युनियनको विधान सभामा बोल्दै सरकारले विज्ञापन वितरणमा एकाधिकार कायम गर्दै सरकारी सञ्चारमाध्यमलाई म. . .


माङसेबुङमा गाउँपालिकामा कामकाजी लिम्बू भाषा

इलाम । इलामको माङसेबुङ गाउँपालिका ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा लागू गर्ने पहिलो पालिका बनेको छ । मंगलबारदेखि माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ । कोसी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य तामा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन�. . .