काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले एक किलोग्राम ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ५१ वर्षीय रवीन्द्रकुमार परासर र केन्याकी ६३ वर्षीय पिलि�. . .
काठमाडौँ । नौ महिनासम्म कोखमा राखेर जन्म दिने आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व देशभर मनाइएको छ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्त. . .
चितवन । नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनले आज चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गर्नुभयो �. . .
काठमाडौँ । वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेक्रम बढेको छ । योजना शुभारम्भ भएको एक महिनाको अवधिमा मात्रै ५८ हजार नौ सय ८६ वैदेशिक क्षेत्रका श्रमिक योजनामा आबद्ध भएका सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो । हालसम्म औपचारिक क्षेत्रका करिब चार लाख प�. . .
काठमाडौँ । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो । बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढे�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय चार दशमलव ४० मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७९ अङ्कले ओराल�. . .
काठमाडौँ । यही वैशाख १ गतेदेखि प्रदर्शनरत लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको छ । जारी प्रथासँग सम्बन्धित चलचित्रमार्फत कवि÷कथाकार उपेन्द्र सुब्बा निर्देशक बन्नुभएको छ । ‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा. . .
ताप्लेजुङ । वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो । चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन् । तीमध्ये धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि हो । विश्वको तेस्रो अग�. . .
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब रु तीन अर्ब भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋ�. . .
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो �. . .
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका–१ स्थित खाँडो खोलाबाट भारतीय नोटसहित एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खटिएको टोलीले रु दुई लाख १२ हजार भारतीय नोटसहित भारतको विहार राज्यअन्तर्गत मधेपुरा जिल्ला ग्रामपञ्चायत रायभिर वडा नं १५ था�. . .
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले रू १२ खर्ब एक अर्ब ५० करोड बराबरको आयात गर्दा रू एक खर्ब १८ अर्ब २८ करो�. . .