देशको खबर

वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने

काठमाडौं । वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा बुधबार बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्�. . .


मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँब�. . .


एसिसी प्रिमियर कप : युएई विजयी

काठमाडौँ । राजधानीमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा युएईले कुवेतलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा युएईले कुवेतलाई एक सय ४३ रनले पराजित गरेको हो । युएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६ दशमलव ३ ओभरमा. . .


गृह प्रशासन सुधार कार्ययोजना ल्याइँदै

काठमाडौँ । गृहमन्त्रालयले शान्ति, सुरक्षा र सेवालाई अझ प्रभावकारी बनाउन नयाँ ‘गृह प्रशासन सुधार कार्ययोजना’ ल्याउने तयारी थालेको छ । विगतमा सार्वजनिक गरिएको कार्ययोजनालाई थप परिस्कृति गर्दै सरकारको न्यूनतम साझा कार्यक्रमसमेतलाई समेट्ने गरी कार्ययोजना ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । विग. . .


पछिल्लो २४ घण्टामा देशभर एक सय ८ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १०८ जना कोरोना संक्रमित थपिएका छन् । २४५० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४५६५२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । मन्त्रालयले अझै केही �. . .


नेप्सेमा दोहोरो अङ्कको सुधार

काठमाडौँ । आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो । आज दुई सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर २३ हजार पाँच सय तीनपटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ८७ करोड २१ लाख ४१ . . .


संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपाल सरकारको तथ्�. . .


मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पर्सा बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यहाँ पुगेपछि �. . .


नबिल बैंकसंगको सहकार्यमा सामसङले ल्यायो क्यासब्याक योजना

काठमाडौं । विश्वव्यापी रुपमा मनपराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरीदमा सीमित समयका लागि विशेष योजना शुरु गरेको छ । यस योजनाको लागि सासमसङले नबिल बैंकसंग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरे�. . .


सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति सांसद सुब्बाको आपत्ति

काठमाडौँ । सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाउनुभयो । उहाँले साविककै अवस्थामा जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकर�. . .


कोरोना सङ्क्रमण देखिएमा सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गर्�. . .


निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवार भई तोकिएको समयावधिभित्र खर्चको विवरण नबुझाउने ७४ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ३७ उम्मेदवारसहित ७४ उम्मेदवारको नामावली प्रकाशन गरी ती उम्मेदवारलाई स्पष्टीक�. . .