देशको खबर

जलविद्युत् र नवीकरणीय ऊर्जामा लगानी बढाउन ‘ग्रीन बण्ड’ र एक्सचेन्ज ट्रेडेड फण्ड ल्याइने

काठमाडौं । सरकारले नवीकरणीय ऊर्जा तथा जलविद्युत् आयोजनामा दीर्घकालीन लगानी परिचालन गर्न पूँजी बजारमार्फत नयाँ वित्तीय साधनहरू विकास गर्ने नीति अघि सारेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा कार्यक्रमअनुसार जलविद्युत् तथा नवीकरणीय ऊ. . .


होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले. . .


भुटानी शरणार्थी प्रकरणः टेकनाथ रिजाल, जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले सुनाएको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन गरिने भुटानी शरणार्थी नेता टेकनाथ रिजालका कानुनी सल्लाहकारले बताएका छन् । अधिवक्ता राजकुमार सुवालले जिल्ला अदालतको फैसलामा चित्त नबुझेको भन्दै न्यायका लागि माथिल्लो तहको अदालत जाने स्पष्ट . . .


उपसभामुख रुवी कुमारी चीन प्रस्थान

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान गरेकी छन् । ठाकुरको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेको हो । जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित (निङ्ची) मा आयोजना हुने अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी पाँचौं चीन–तिब्बत ट्रान. . .


मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गरेका छन् । उनले नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग �. . .


स्थानीय उत्पादनको प्रयोग बढाउन कोशी सरकारको नयाँ अभियान, कर्मचारीलाई ढाका–खादी अनिवार्य

विराटनगर । कोशी प्रदेश सरकारले स्थानीय उत्पादनको बजारीकरण र स्वदेशी उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीलाई स्थानीय कपडाबाट बनेको पोशाक अनिवार्य रूपमा लगाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष २०८२/८३ देखि लागू गरिएको व्यवस्थाअनुसार प्रदेशमै. . .


नक्कली भुटानी शरणार्थी प्रकरण : कसलाई कति सजाय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरुलाई जिल्ला अदालत काठमाडौंले सजाय तोकेको छ । मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूवउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जनालाई सजाय तोकेको हो । टोपबहादुरलाई ५ वर्षको कैद र ५० हजार जरिवाना, टेक�. . .


एक वर्षमा ३०४ जनाको मृत्यु, विपद् व्यवस्थापनमा कोशी सरकारको तयारी

सोनु साह विराटनगर । प्राकृतिक रूपमा हिमाल, पहाड र तराई तीनै भू–भाग समेटिएको कोशी प्रदेश वर्षेनी बाढी, पहिरो, चट्याङ, आगलागी तथा अन्य प्राकृतिक विपदको उच्च जोखिममा रहने गरेको छ। विशेषगरी मनसुन सुरु भएसँगै मोरङ, सुनसरी र झापाका तराई क्षेत्र बाढी र डुबानको चपेटामा पर्ने गरेका छन् भने पहाडी जिल्लामा पहिरो�. . .


मोरङका सिडीओमार्फत युवाले पठाए प्रम बालेनलाई ज्ञापनपत्र

विराटनगर । मोरङका युवाहरुले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल सरकारले प्रस्ताव गरेको नयाँ ट्राफिक जरिवाना दरका सम्बन्धमा ध्यानाकर्षण गराउँदै विभिन्न संघ, संस्था, मानब अधिकार रक्षामा आबद्ध भएको व्यक्ति र आम नागरिकको तर्फबाट ज्ञापनपत. . .


विराटनगरमा सर्प आतंक: एकैदिन १९ सर्प उद्धार, पूजाकोठामा १० गोमनका बच्चा

प्रेम देवान विराटनगर । विराटनगर महानगरपालिकाका नगर प्रहरी तथा सर्प उद्धारकर्मी शम्भु घिमिरेले एकैदिन १९ वटा सर्पको उद्धार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । गर्मी र वर्षायामसँगै सर्पको जोखिम बढिरहेका बेला उनले विराटनगरका विभिन्न स्थानबाट विषालु र कमविषालु गरी १९ वटा सर्प सुरक्षित रूपमा उद्धार. . .


तस्करसँग साँठगाँठ आरोपमा झापा–मोरङ–सुनसरीबाट तानिए सशस्त्रका घुमुवादेखि डिएसपीसम्म

विराटनगर । कोशी प्रदेशमा तराईका जिल्लामा भारतबाट हुने अवैध कारोबारमा कारोबारीसँग मिलेमतो गर्ने सशस्त्र प्रहरी बलका २ डीएसपीसहित १० जना हेडक्वाटर तानिएका छन् । तस्करीमा संलग्न रहेका व्यक्तिबाट पैसा असुल्दै सामान सम्बन्धित स्थानसम्म पुग्दासम्म रेकी गर्ने गरेको आरोपमा उनीहरु तानिएका हुन् । तल्लो �. . .


उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट समवेदना सन्देश लिएर उपराष्ट्रपति यादव कतार गएका हुन् । कतारका वर्तमान अमिर शेख तमिम बिन हमाद अल थानीका पित�. . .