काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सरकारले क्रिेकट रङ्गशाला निर्माण गर्ने बताउनुभएको छ । नेपाल टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषणा गरिएको पुरस्कार रकम मंगलबार वितरण गर्दै उहाँले भन्नुभयो, “क्रिकेट रङ्गश�. . .
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितका लागि रु ५० लाख राहत रकम सहयोग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार. . .
काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले मंगलबार एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्क्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेक�. . .
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज बागमति प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो । बागमती प्रदेशका मु�. . .
काठमाडौँ । कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो । बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भ�. . .
विराटनगर । भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा घाईते नागरिकलाई देशका मेडिकल कलेजहरुले निःशुल्क उपचार गर्ने बताएका छन् । सरकारले त्यसका लागि प्राइभेट मेडिकल एशोसिएशनसँग आग्रह गरेको खण्डमा देशभरका दुई डेन्टल र १५ मेडिकल कलेजले निःशुल्क उपचार गरेर सहयोग पु¥याउने बताइएको छ । एशोसिएशन अफ �. . .
बाजुरा । जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ मङ्गलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पका पराकम्प बढ्दै गएपछि गत शुक्रबार राति गएको भूकम्पका कारण चर्किएका घरहरु थप जोखिममा परेका छन् । . . .
भक्तपुर । भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह पूजा र भाइटीका मनाउने भएका छन् । नगरपालिकाले सार्वजनिक सूचनानै जारी गरेर २७ गते म्ह पूजा र २८ गते भाइटीका मनाउन निर्देशनात्मक रुपमा आह्वान गरेको छ । यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा . . .
काठमाडौँ । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा रु एक करोड ५० लाख बराबरको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गर्नु भएको छ । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्�. . .
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कांग्रेसले भू�. . .
रुपनी जिएम/रासस जानकी (बाँके) । जमुना बुढामगर भर्खर १९ वर्षको हुनुभयो । केही दिनअघि गएको भूकम्पका कारण उहाँले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाउनुभयो । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहनुहुन्छ । भूकम्पबाट घाइते उहाँ हाल नेपालगञ्जस्थित भेरी अस्प�. . .
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अलैँची निर्यात ५६.८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात हजार रुपियाँको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो । गत वर्ष . . .