समाचार

चेम्बरका निर्वतमान अध्यक्ष मल्ललाई कर्पोरेट सोसियल अवार्ड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लव इन्टरनेशनलद्धारा सम्मानित भएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा क्लवले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो । व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रम. . .


विराटनगरको एक स्कुल बसले ठक्कर दिँदा साइकल यात्रीको मृ*त्यु

विराटनगर । विराटनगर-१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयको बसले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ। विद्यार्थी लिनलाई विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका धनपालथान गाउँपालिका–३ मायागन्ज. . .


खोटाङको राजापानीमा बाघ आतङ्क

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क छ । जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् । केही दिनअघिदेखि गाउँ पसेको एउटा बाघले शुक्रबार राति साविक राजापानी गाविस वडा नं २ भोगटिनीस्थित देविका च. . .


विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन अन्तराष्ट्रिय स्तरको बन्दै

विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य यति बेला धमाधम भइरहेको छ । नयाँ टर्मिनल भवनको भौतिक कार्य १५ महिनाको अवधिमा झण्डै ३८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको ठेक्का लिएको निर्माण कम्पनीले जनाएको छ । त्यसैगरी आर्थिक प्रगतीमा ३१ प्रतिशत सम्पन्न भई सम्झौता भएको मिति अगावै हस्. . .


फोनिजले साउन २७ गते रजत जयन्ती मनाउने

विराटनगर । अगामी साउन २७ गते फोनिजको २५ औं स्थापना दिवस तथा रजत जयन्ती उदयपुरको उदयपुरगढी गाउँपालिकामा भव्य रुपमा मनाउने तयारी गरेको छ । उदयपुरको बेलका नगरपालिका ८ खुवालुङ क्षेत्र चतरामा शनिबार नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) १ प्रदेशको बैठकले उदयपुरगढीमा मनाउने निर्णय गरेको हो । फोनि. . .


सामाजिक सुरक्षा कोषमा आबद्ध हुने तर निरन्तरता नदिने धेरै

काठमाडौं । वैदेशिक रोजगारीमा गएकाहरु सामाजिक सुरक्षा कोषमा आबद्ध भएपनि त्यसलाई निरन्तरता नदिएको पाइएको छ । कोषका अनुसार कोषमा योगदान गरेर वैदेशिक रोजगारीमा गएकामध्ये दुई/तीन प्रतिशतले मात्रै निरन्तरता दिएका छन् । श्रम स्वीकृति लिएर जानेको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या १० लाख नाघेक�. . .


अकबरे खेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्ग बहादुर

फिक्कल (इलाम) । जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरे खेतीबाट घरखर्च चलेको छ । वार्षिक उहाँले रु. १५ लाख आर्जन गर्दै आउनुभएको छ । मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्�. . .


सोमबारदेखि स्वयम्भूमा एक महिने मेला

काठमाडौँ । स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रूपैयाँले घटेको हो । शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोवार भइरह. . .


‘नबिल एसएसई’को चौथो ब्याचको तालिम सम्पन्न

विराटनगर । महेन्द्र मोरङ क्याम्पस र नबिल बैंकको सहकार्यमा सञ्चालित नविल सामाजिक उद्यमशिलता ‘नबिल एसएसई’ तीन महिने चौथो समूहको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गर्दै पाँचौं समूहको उद्घाटन भएको छ । नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा युवाहरूलाई सामाजिक उद्यमश�. . .


पर्यटकलाई नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकलाई आग्रह गर्नुभएको छ । विश्वका छानिएका भ्लगरहरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी सो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ को प्रिमियर स�. . .


यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५३ रुपैयाँ रहेको छ । त्यसैगरी, बे�. . .