चितवन । भन्सार छलेर ल्याएको रु एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट काठमाडौँ लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित भारतीय नागरिक पक्राउ परेका हुन् । भारतको कलकत्ताबाट काठमाडौँ जान आउँदै गरेको भारत. . .
धनकुटा । निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा गरेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ । एक्जिम बैंक भारतको रु तीन अर्ब २६ करोड सहुलियत ऋण कर्जामा धनकुटाको भेडेटारबाट पाँचथरको राँकेसम्म निर्माणाधीन कालोपत्र सडकको चौथो पटक म्याद थपेस�. . .
श्रीलङ्कामा मट्टितेलको मूल्यमा ५० रूपैँया घटाइएको छ । श्रीलङ्काको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अनुमोदन गर्नुभएको हो । राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले मार्च . . .
काठमाडौं । सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । नेपाल आयल निगमले आज विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पे�. . .
काठमाडौँ । वन्यजन्तु संरक्षणकर्मी तथा साहित्यकार केशवराज भेटवाल (धर्तीचन्द्र यात्री) को कृति ‘जङ्गलमा ३३ वर्ष’ पुस्तक विमोचन भएको छ । डा ठाकुरनाथ स्मृति गुठीद्वारा आज आयोजित कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले उक्त पुस्तक विमोचन गर्नुभयो । �. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानुपर्ने बताउनुभएको छ । आज अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का महानिर्देशक डा ब्रुनो ओबेरलसहितको एक प्रतिनिधिमण्डलसँगको छलफलमा प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो । उह�. . .
खोटाङ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दाका लागि दूधकोसीको पानी पम्पिङ गरेर घरघरमा वितरण गर्नेगरी सुरु गरिएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अन्तिम चरणमा पुगेको छ । नेपाल सरकार, खानेपानी मन्त्रालयको रु ९६ करोड ४५ लाख लगानीमा सम्पन्न गर्ने गरी प�. . .
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालेली प्रशिक्षक भेन रेञ्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आज बसेका बैठकले एनेसलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक . . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो । रास्वपाका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले पार्टीले निर्वाचन आयोगमा पेस गरेको पार्टीको विधानको अनुसूची २ मा रहेक. . .
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न आज युएई प्रस्थान गरेका छन् । नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । हिजो भएको अभ्यास खेलका क्रममा ढकाल घाइते भएपछि सन्दीपलाई यु�. . .
पोखरिया । पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । भारत विहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किंदै गरेको ना५ख ११९८ नम्बरको बस आज बिहान अनियन्त्रित भई पल्टिँद. . .
विराटनगर । प्रदेश १ को नामाकरणका लागि बसेको प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको छ। छलफलमा रहेको कोशी प्रदेशको प्रस्तावमा संशोधन दर्ताका लागि सभामुख बाबुराम गौतमले २ घण्टाको समय दिएका हुन् । नेकपा एमालेले प्रस्ताव दर्ता गराएको कोशी प्रदेशमा नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थ. . .