समाचार

कोशी प्रदेशमा पहिलोपटक एआई तालिम सुरु

विराटनगर । कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो । अहिलेको व. . .


सन् २०२४ मा राष्ट्रपति पदमा पुनः लड्ने पुटिनको भनाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने शुक्रबार घोषणा गर्नुभएको छ । यसबाट उहाँलाई सत्तामा उहाँको दशकौँ पुरानो पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ । एकहत्तर वर्षीय पुटिनले यो शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्नुभएको छ । उहाँले चारवट. . .


ठगी मुद्दामा जनप्रतिनिधिसहित चार पक्राउ

कास्की । पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारीसहित चार जनालाई कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको हो । पर्यटकीय क्षेत्र लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी व्यवसाय दर्ता गर्ने भनेर १५ जनाबाट प्रतिव्यक्�. . .


रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै रु सात लाख पाँच हजार ठगी गरेको अभियोगमा जुम्ला हिमा गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शाहीले दुई जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठि. . .


एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । पाकिस्तानको लागि आजन आविसले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६२ बलमा आठ चौकास�. . .


मुस्ताङबाट ४९ करोडको स्याउ निकासी

म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङक�. . .


शिक्षित हुने सपना पछ्याउँदै विद्यालयमा पाका महिला

विजेता चौधरी/रासस काठमाडौँ । समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ । विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’ । जहाँ शिक्षित हुने सपना पूरा गर्दै हुनुहुन्छ, ७१ वर्षीया इन�. . .


पत्रकार देवानमाथि आक्रमण गर्ने एकजना पक्राउ

विराटनगर । आवर विराटनगर डटनेटका समाचार संयोजक प्रेम देवानमाथि बिहीबार आक्रमण गर्नेमध्येका रमेश रायलाई प्रहरीले पत्राउ गरेको छ । धनपालथान–५ का रायलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पत्रकार देवानमाथि बिहीबार विराटनगर महानगरपालिका परिसरमा आक्रमण भएको थियो । आक्रमणमा संलग्न राय र अर्क. . .


प्रकृति र मानिसको सम्बन्धलाई जिवन्त राख्न पूर्वी पृतना हेडक्वाटरभित्र पंक्षी बगैँचा

विराटनगर । प्रकृति र मानिस एकअर्काको परिपुरक हुन् । त्यसैले यी दुबैबीचको अन्तरसम्बन्धलाई जिवन्त राख्न पूर्वी पृतना हेडक्वाटर इटहरी व्यारेक परिसरभित्र चराचुरुङ्गी संरक्षण साथै पक्षी बास बगैँचा निर्माण गरिएको छ । मौसम परिवर्तनसँगै ठाँउ परिवर्तन गरेर आउने विभिन्न प्रजातिका चराहरु व्यारेक परिसर�. . .


हात्तीबाट ज्यान जोगाउन रातभर जाग्राम

बेलबारी (मोरङ) । साँझ पर्न नपाई बस्ती छिर्न थालेका जङ्गली हात्तीको बथानदेखि भाउन्नेका स्थानीय आतङ्कित बन्नुपरेको छ । दिनभरि नजिकै रहेको जङ्गलमा करिब तीन दर्जनको सङ्ख्यामा रहेका हात्ती साँझ आहाराका लागि बस्ती छिर्न थालेपछि स्थानीय त्रसित बन्नुपरेको छ । बेलबारी नगरपालिका–१० भाउन्नेका तेजबहादुर दा. . .


यू-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

काठमाडौँ । एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई जितका लागि एक सय ५३ रनको लक्ष्य दिएको छ । संयुक्त अरब ईमिरेट्स (युएई)स्थित दुवईको आइसिसी एकेडेमी–२ क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४७ दशमलव २ ओभर�. . .


आवर विराटनगरका समाचार संयोजक देवानमाथि आक्रमण गर्ने तीनजना विरुद्ध किटानी जाहेरी

विराटनगर । आवर विराटनगरका समाचार संयोजक पत्रकार प्रेम देवानमाथि सुनियोजित ढंगबाट आक्रमण गर्ने तीनजना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ । विराटनगर महानगरपालिका परिसरमा आन्दोलनरत पक्षमा सामेल भएका रमेश राय, अभिमन्यु यादव र मो.रायन विरुद्ध जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिईएको हो । विराटनगर-७ स�. . .