समाचार

बेलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ । दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका वडा १६ कपासीमा रा१च ३८५ नंको बोलेरोले रा४प ४०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही-१६ बस्ने ४३ वर्षीय युवराज चन्दको मृत्य. . .


ट्रक दुर्घटनामा परी दुईको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ ख२९४८ नंको फलामे छड (रड) बोकेको ट्रक आफैँ अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो । घटनामा परी घाइते भएका लमजुङ प�. . .


विराटनगर बजार क्षेत्रमा भासिएको सडक मर्मत थालियो

विराटनगर । रानी–धरान छ लेन अन्तर्गत विराटनगर क्षेत्रमा भत्किएको सडक भत्काएर मर्मत थालिएको छ । विराटनगरको रानी खण्डको तीन किलोमिटर सडक भासिएर भत्किन थालेपछि भत्काएर मर्मत थालिएको हो । ‘अस्फाल्ट’ प्रविधिको कालोपत्रे भनिएको सडक भासिएर छिन्नभिन्न भएको छ । निर्माण कम्पनिले छ लेन सडक आयोजनालाई हस्तान�. . .


उपमेयर कप राष्ट्रिय महिला भलिबल बुटवलमा सुरु

बुटवल । बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले युवाको प्रतिभा उजागर गर्न खेलको विकास आवश्यक रहेकामा जोड दिनुुभयो । स्वस्थ जीवनका लागि खेल अपरिहा. . .


‘ट्राफिक जरिवना तिरेपछि तत्काल कागजपत्र लिन पाइने’

काठमाडौं । ट्राफिक प्रहरीले ट्राफिक जरिवनामा परेका चालकलाई जरिवना तिरेर तत्काल कागजपत्र लिन पाइने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित कार्यक्रममा ‘पे फाइन अन द स्पोर्ट, इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ को महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शुभारम्भ गर्न�. . .


बस्तीमा जङ्गली हात्तीको आतङ्क

झापा । झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् । रातीपख देखापर्ने हात्तीले अन्नबालीसँग�. . .


विराटनगरमा कपडा र जुत्तामा अनुचित मूल्य असुल्नेलाई दुईलाख जरिवाना

विराटनगर । बजारमा अनुचित बढी मूल्य राखेर उपभोत्तालाई ठगी गरेको कसुरमा विराटनगरका २ वटा पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कारबाही स्वरुप २ लाख जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा नियामक निकायको संयुक्त बजार अनुगमनको टोलिले वि�. . .


माओवादी केन्द्रको प्रदेश १ अधिवेशनः नीति प्रधान बन्ने दावी

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश १ को प्रथम अधिवेशनलाई नेता प्रधानभन्दा पनि नीति प्रधान बनाउने दावी गरिएको छ । विराटनगरमा प्रदेश अधिवेशनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ माओवादी केन्द्रका इन्चार्ज राम कार्कीले विचारलाई केन्द्रमा राखेर अधिवेशन सम्प. . .


चर्चित नायक पल शाह शनिबार विराटनगर आउने

विराटनगर । चर्चित नेपाली नायक पल शाह शनिबार विराटनगर आउने भएका छन् । एन.एम.बी बैंकको ब्राण्ड एम्बेसेडर रहेका शाह शनिबार दुई कार्यक्रमका लागि विराटनगर आउने भएका हुन् । नायक शाह बैंकको वित्तीय साक्षरता कार्यक्रमका विराटनगर आउन लागेको जनाईएको छ । बैंकले शनिबार मोरङको बुढीगंगास्थित शाखा र विराटनगरको मह. . .


दाङमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढ्दै

दाङ । सरकारले बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ । उक्त कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बिमा गराएको छ �. . .


गैंडाको खाग सहित ३ जना पक्राउ

रुपन्देही । वुटवल उपमहानगरपालिका वडा ५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट गाउँपालिका वडा ७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुन. . .


लेजेन्ड फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना

ब्राजिलका फुटबल लेजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन् । ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए। साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा विरामीको अवस्था स्थिर रहे�. . .