समाचार

पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने

काठमाडौँ । सात वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ । धेरै रुचाइएको पात्र ‘भष्मे डन’ लाई लिएर बन्ने चलचित्रको नाम नै ’पशुपतिप्रसाद : भष्मे डन’ राखिएको छ । शुक्रबार बिहान पशुपति क्षेत्रमै मुहूर्त गर्दै यही चैत १० गतेदेखि छायाङ्कन गर्ने जानकारी लेख�. . .


चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने

काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । ‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्र आगामी जेठ १२ गतेदेखि प्रदर्शनमा ल्याउन लागिएको चलचित्रका निर्माता शेखर लामाले जानकारी दिनुभयो । यसअघि चैत ३ गते प्रदर्शनको मिति तोके प�. . .


राष्ट्रिय सहिदको नामावली राजपत्रमा प्रकाशित

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको �. . .


पत्रकारितासँगै व्यावसायिक अचार उत्पादनमा ‘बन्दना’

रामपुर (पाल्पा)। व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बन्नुभएको छ, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाउनुभएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ । पाल्पामा सक्रियरुपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसा�. . .


सेना हिमालबाट ३५ हजार किलो फोहर सङ्कलन गर्दै

काठमाडौँ । नेपाली सेनाले विश्वको सर्वाेच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ । उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ । उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार,. . .


कलाकार दम्पतीको चित्रकला प्रदर्शनी

काठमाडौँ । कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही चैत ९ गतेसम्म सञ्चालन हुनेछ । कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गर्नुभएको हो । मिल्दो वि. . .


कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै

काठमाडौँ । कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन् । फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते �. . .


विश्वासघात

हुन सक्छ सायद विश्वास मानव यात्राको चरण हो एक क्षणभंगुर क्षण, हावाको झोकाको स्मरण हो बिहानको कुहिरो जस्तै सुर्य नउदाएको भ्रम हो हराएको विश्वास सायद आफ्नै नवतरण हो हामी मान्छे मान्छे हौँ किनकी विश्वास गर्छौ विश्वास गरेको मान्छे वा विश्वास माथि आशा गर्छौ विश्वासमा जन्मने मान्छे विश्वासमा नै बाच्�. . .


विराटनगरमा इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने

विराटनगर । विराटनगरमा इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा चैत ४ देखि ७ गतेसम्म हुने भएको हो । आयोजकले विराटनगरमा आज(शुक्रबार) पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ । प्रतियोगितामा इन्डिया�. . .


विराटनगर नर्सिङ क्याम्पसमा नेविसंघद्वारा तालाबन्दी, स्ववियु निर्वाचनमा असर पर्न सक्ने

विराटनगर । नेपाल विद्यार्थी संघले विराटनगर नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको छ । क्याम्पसमा विद्यार्थीलाई संगठन छान्न पाउने अधिकारबाट बन्चित गरिएको भन्दै नेविसंघले आज (शुक्रबार) तालाबन्दी गरेको हो । क्याम्पस प्रशासनले व्यक्तिगत रुपमा विद्यार्थीहरुलाई कुनै पनि संगठनको पक्षमा नखुल्न भन्दै दबाब �. . .


खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उहाँले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जि�. . .


विश्वकप क्रिकेट छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने

काठमाडौँ । सन् २०१९ देखि सुरुआत भएको आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटको यात्रा तय गर्न सफल भएका छन् । विभिन्न सात राष्ट्र सम्मेलित विश्वकप क्रिकेट लिग दुईबाट स्कटल्यान्ड पहिलो, ओमन दोस्रो र नेपा. . .