समाचार

सामाजिक सञ्जाललाई विज्ञापन बोर्डमा दर्ता गराउने तयारी

काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जालमा हुने गरेको विज्ञापन नियन्त्रणका लागि मापदण्ड बनाउन लागेको छ। फेसबुक, गुगल, अमेजन जस्ता विदेशी कम्पनी नेपालमा दर्ता भइसकेकाले तिनको नियमन गर्न र बोर्डमा दर्ता गर्ने व्यवस्थामा बोर्ड लागेको जानकारी बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले दिए । उन�. . .


काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको तीर्थयात्री चढेको बस दुर्घटना, छ जनाको मृत्यु

बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन न�. . .


झापामा करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

झापा । अर्जुनधारा नगरपालिका–९ निवासी एक युवाको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन खोज्दा २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त�. . .


कोशी प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको चालु तेश्रो अधिवेशन अन्त्य गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (३) ब. . .


बजेट होलिडेजको अवस्था हुन दिनौँ : मुख्यमन्त्री थापा

विराटनगर । सरकार ढाल्ने र जोगाउने प्रतिस्पर्धाको चेपुवमा परेको प्रदेशसभा अर्को सूचना नआएसम्म स्थगित भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सभाध्यक्षको कुर्सीमा बसेर संविधानविपरित विश्वासको मत दिएको भन्दै विपक्षी दल राप्रपा र नेकपा एमालेले बैठक बहिष्कार गरेपछि स्थगित भएको हो । सभाम�. . .


चन्द्रयान–३ को सफल अवतरणमा प्रधानमन्त्रीद्वारा भारतलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिनुभएको छ । उहाँले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिनुभएको हो । प्रधानमन्. . .


झापाको ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दा : लाखौँ कुम्ल्याएर सञ्चालक फरार

सुरुङ्गा (झापा) । माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ । बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्म ठगी गरेको र कन्सल्टेन्सी सञ्च�. . .


भन्सार छलेर ल्याएको २९ कार्टुन स्याउ विराटनगरबाट बरामद

विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको स्याउ विराटनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । २ वटा सिटी सफारीमा लोड गरि ल्याएको २९ काटुर्न स्याउ विराटनगर ६ कृषी भवन छेउबाट बुधबार दिउँसो बरामद गरेको हो । भारतबाट भन्सार नतिरी ल्याएको अन्दाजी ६ सय ४० केजी स्याउ बरामद गरिएको सशस्त्र प्रहरी बल �. . .


मोरङ ट्राफिकमा न्यौपानेलाई स्वागत श्रेष्ठको विदाई

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिल श्रेष्ठको विदाईसँगै प्रहरी निरीक्षक सुमन न्यौपानेलाई स्वागत गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बुधबार एक कार्यक्रमको आयोजना गरी पदस्थापनसंगै विदाई गरेको हो । मोरङ ट्राफिकमा प्रहरी निरिक्षक सुमन न्यौपानेलाई स्वागत गर. . .


चन्द्रयान–३ चन्द्रमामा अवतरण, भारतको ऐतिहासिक सफलता

चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर ऐतिहासिक सफलता रच्न सफल भएको छ । यो ध्रुबमा पुग्ने भारत पहिलो देश बनेको छ । चन�. . .


अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो । विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक व�. . .


महिला टी–२० सिरिज : नेपालद्वारा कुवेत पराजित

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले दिएको ९० रनको लक्ष्य �. . .