समाचार

विराटनगर इन्टरनेसनल कलेजमा ‘फ्युचरामा २०२३’ हुदै, एआईका साथै रोबोटिक्सको प्रदर्शनी हुने 

विराटनगर ।आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा विराटनगर इन्टरनेसनल कलेजमा 'फ्युचरामा २०२३’ नामक एक दिने प्राविधिक मेला कार्यक्रमको हुने भएको छ । विराटनगरमा भाद्र ८ गते शुक्रबारको दिन बिहान ८ बजे देखि ५ बजेसम्म उक्त प्रदर्शनी चल्नेछ । कार्यक्रममा बिद्यार्थीहरुले इन्टरनेट अफ थिंग्स (आईओटी), आर्टिफि�. . .


विराटनगरको बरगाछीमा अर्गानिक घरको नयाँ शाखा खुल्यो

विराटनगर । स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्दै आइरहेको अर्गानिक घरको नयाँ शाखा संचालनमा आएको छ । बिहिबार एक कार्यक्रमबीच विराटनगर ४ बरगाछी पश्चिम लाइफ गार्ड अस्पतालको छेउमा शाखा संचालनमा आएको हो । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले शाखाको उद्घाटन गरेकी थिईन । अर्गानीक घरल. . .


मलेसियामा बेपत्ता छोराको खोजी गरिदिन अपिल

झापा । वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका– ६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ । राज ओभरसिज मेनपावर कम्पनीमार्फत २०६१ चैत ८ गते घिमिरे ‘प्रोडक्सन अपरेटर’ कामका लागि श्रम अनुमति पत्र पाएर मलेसिया जानुभएको थियो । मलेसिया पुगेको एक सात�. . .


सुनको मूल्य बढ्यो

काठमाडौँ । बिहिबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको मूल्य तोलामा एक लाख ११ हजार १ सय रुपैयाँमा नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार तोलामा एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी , आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलाको एक हजार ४ सय ६० रुपैयाँ. . .


कहिले खुल्छ ताप्लेजुङको टिप्ताला नाका ?

फुङ्लिङ । ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ता नाका चार वर्षदेखि बन्द भएको छ । चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रमा समुदायहरुले सास्ती खेप्नु परेको छ । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत. . .


झापा र सुनसरीबाट अबैध लागुऔषधसहित ७ जना पक्राउ

विराटनगर । सुनसरी र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउसो ४ बजे प्रहरी चौकी चारआलीको प्रहरी टोलीले झापाको चारआली चौकबाट शंकास्पद अवस्थामा हिडीरहेका झापाको मेचिनगर नगरपालिका-१४ का २२ बर्षीय अजय राजवंशि र मेचिनगर नगरपालिका-१२ का २२ बर्षीय. . .


काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको तीर्थयात्री बस दुर्घटना अपडेट : मृतक सातैजनाको सनाखत

मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा आज बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, �. . .


धनकुटाको उत्तरपानी प्राविधिक शिक्षालय जीर्ण बन्दै

धनकुटा । मर्मत सम्भारका लागि बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एकमात्र कृषि प. . .


गायनमा सिम्रन परियारको चर्चा

गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ । मुटुमै घाउ छ...’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ . . .


शनिबारदेखि मौसममा सुधार आउने

काठमाडौँ । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा�. . .


उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

काठमाडौँ । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो । चान्द्रमासअन. . .


काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको तीर्थयात्री बस दुर्घटना अपडेट : थप एकको मृत्यु

बारा । बरामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभ. . .