समाचार

ठगी गर्ने सहकारीविरुद्ध उजुरी बढ्दै

काठमाडौँ । पछिल्लो समय सहकारी विभागमा उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ । सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो । विभागमा गत मङ्सिरमा ४३ उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी परेको अभिलेख छ । एक महिनाको अन्तरालमा चार �. . .


पाँचथर र तेह्रथुमबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ

पाँचथर । पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी स्वरुप तथा नम्बर प्लेट बदलेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । राखेकै स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले खोजीको विशेष अभियान चलाएको थियो । हराएका मोटरसाइकल खोजी गर्ने क्रम�. . .


भद्रपुर गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

बनियानी । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ–भद्रपुर झापा गोल्डकपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा सङ्कटा क्लबलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयमा ०–० को बराबरीमा टुङ्गिएपछि खेलमा १४ मिनेट स�. . .


रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको नयाँ प्रतिबन्ध

युक्रेनमा रूसले युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले प्रयोग गर्न सक्ने उत्पादनको व्यापारमा प्रतिबन्ध लगाएको आरोप लागेका थप अधिकारी र सङ्गठनलाई लक्षित गरी रूसले युक्रेनमाथि आक्रमण गरेको भन्दै युरोपेली सङ्घ (ईयू) ले शनिबार नयाँ प्रतिबन्ध लगाउने सहमति गरे�. . .


शिक्षाबाट उद्योगमा फड्को मार्दै विराटनगरका टिकाराम पुरी, बिद्युतीय मोटर्स उत्पादनमा लगानी

विराटनगर । विराटनगरमा शिक्षाका क्षेत्रका लगानीकर्ता टिकाराम पुरीले बिद्युतीय सवारी साधन उत्पादन गर्ने उद्योग मोटर्स सञ्चालनमा ल्याउने भएका छन् । पुरीको एन.के. मोटर्स प्रा.लि.ले कोरियाको एसडीके कम्पनीसँगको सहकार्यमा बिद्युतीय सवारी उत्पादन गर्ने भएको हो । यसका लागि प्रदेश १ मा विद्युतीय सवारीसाध�. . .


एस्पायर कलेजका बिद्यार्थीद्वारा सप्तकोसी होमस्टेका संचालकहरुलाई प्रशिक्षण

विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्ष छेउमा रहेको सप्तकोसी होमस्टेका संचालकहरुलाई विराटनगर–१४ स्थित एस्पायर कलेजमा बि.पि.एच. (ब्याचरल ईन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले प्रशिक्षण दिएका छन् । पाहुनालाई गर्ने स्वागत र उनीहरुको रुचीको कसरी सम्मान गर्ने भन्ने विषयमा वि. . .


विराटनगर महानगर थाल्यो मिसन ग्रासरुट अभियान

विराटनगर । नेकपा एमालेले देशव्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ अभियानलाई विराटनगर महानगर कमिटीले पनि सुरु गरेको छ । महानगर कमिटीको शुक्रबारको विस्तारित बैठकले विभिन्न कार्ययोजना बनाउँदै अभियानको थालनी गरेको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का ईन्चार्ज राजेन्द्र गौतमको प्रमुख �. . .


सुन्दरहरैँचा नगरपालिकाद्वाराद्वारा कृषकलाई कृषि सामग्री हस्तान्तरण

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक समूहलाई रु १० लाख ७० हजार मूल्य बराबरका विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ । नगरपालिकाको वडा नं ११ शुक्रबारेमा सूर्य तरकारी पकेट समितिको सहकार्यमा कृषक समूह तथा नगरपालिकाको साझेदारी रकममा आवश्�. . .


राष्ट्रपतिमा कांग्रेसका पौडेलको उम्मेदवारी

काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न पार्टीका शीर्ष नेताहरु नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुग्नुभ�. . .


नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताउनुभएको छ । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दिनुभएको हो । नेम्वाङको उम्मेदवारी दर�. . .


आगामी आर्थिक वर्षका लागि सोह्र खर्ब अठासी अर्बको बजेट सीमा तोकियो

काठमाडौं । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो । आगामी आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेटभ�. . .


एमालेबाट राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी

काठमाडौं । नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुग्नुभएको थियो । उहाँको प्रस्तावकमा अध्य. . .