समाचार

विराटनगरका ज्वेलर्समा पुराना गहना पल्टी गर्ने बढे

विराटनगर । मंसिर यता विवाह–व्रतबन्ध, गुन्यूचोली जस्ता सामाजिक परम्पराका बाक्लै कार्जे परे । तर, नयाँ सुन खरिद गरेर गहना बनाउने ग्राहक खासै आएनन् । सुनको मूल्य बढेर एकलाख नाघ्यो, सेवाग्राहीले नयाँ सुन किन्न भन्दा पुरानो सुनका गहना पल्टी गरेर नयाँ डिजाइनमा रुपान्तरण गरेर टारे । नेपाल सुनचाँदी व्यवसाय. . .


कुवेत जान बाइक बिक्री गरेका विराटनगरका युवालाई नक्कली भिसा

विराटनगर । विराटनगर–५ त्रिमूर्ती चौकका तुलाराम माझी गत पुसमा कुवेत जान ठिक्क परे । उनले लक्की एच.आर. र प्याराडाईज मेनपावरका एजेन्ट भनिएका सिराहा घर भई विराटनगर बस्दै आएका विष्णुदेव दासको नाममा ९० हजार रकम जम्मा गरे । दासका अर्का साझेदार थिए, सिराहाको सखुवानगरकट्टी गाउँपालिका–४ का गौरीशंकर मुखिया । �. . .


स्ववियु निर्वाचन आचारसंहिता : पोस्टर टाँस्न नपाइने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ । त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पन. . .


राष्ट्रपति निर्वाचनमा १ बजेसम्म छ सय ९४ मतदान

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ । निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजे�. . .


विश्वकप लिग-२ : नेपालले पपुवा न्यूगिनीलाई दियो दुई सय ९८ रनको लक्ष्य

काठमाडौँ । घरेलु मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई जितका लागि २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङको नि�. . .


मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने प्राधिकरणको चेतावनी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गर्ने चेतावनी दिएको छ । कूल एक सय दुई मेगावाट क्षमता�. . .


ब्याजदर घटाउँदै बैंक

काठमाडौँ । वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो । आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्. . .


विराटनगर १५ रानीमा एक पुरुषको शव फेला, पहिचान खुलेन

विराटनगर । विराटनगर १५ रानी हुलास चौकस्थित एक पुरुषको वेवारिसे शव फेला परेको छ । बिहिबार बिहान रानी हुलास चौक नजिकै रहेको नालामा वेवारिसे शव फेला परेको हो । स्थानियवासीले नालामा लडिरहेको देखेपछि नजिकै रहेको प्रहरीलाई खबर गरेका थिए । भेटिएको वेवरिसे शव कसको हो भन्ने अहिलेसम्म पहिचान खुल्न नसकेको ई�. . .


आशिफको पहिलो एकदिवसीय शतक

काठमाडौँ । आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीविरुद्ध उनले शतक प्रहार गरेका हुन् । उनले १०१ बलमा शतक पूरा गरेका हुन् । उनले खेलको ३५औँ ओभरमा. . .


इन्धन ‘लोडेड’ ट्याङकर बिना सुरक्षा जताततै पार्किङ

विराटनगर । विराटनगर–३ कन्चरबारीस्थित नेपाल आयल निगमको पार्किङस्थलबाट चारवटा ट्याङकरको ब्याट्री बिहीबार राती चोरी भएका छन् । ढुवानी व्यवसायी पुजा ठकुरीको ना ७ ख ४६२९, ना ४ ख १९६०, ना ४ ख ३९३७ र को १ ख ६०५९ नम्बरको ट्याङकरको आठ थान ब्याट्री र फायर बोतल चोरी भएको हो । खुल्ला स्थानमा राखिएका ट्याङ्करबाट स�. . .


विराटनगर–३ स्थित आयल निगमको पार्किङस्थलमा रोकिएका ट्याङ्करका आठ ब्याट्री चोरी

विराटनगर । विराटनगर–३ कन्चरबारीस्थित नेपाल आयल निगमको पार्किङस्थलबाट चारवटा इन्धन ट्याङकरको ब्याट्री तथा फायल बोतल चोरी भएका छन् । पार्किङस्थलमा राखिएका ट्याङकरका आठवटा ब्याट्री र फायल बोतल बिहीबार राती चोरी भएका हुन् । ढुवानी व्यवसायी पुजा ठकुरीको नाममा रहेको ट्याङकर नेपाल आयल निगमले भाडामा �. . .


राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री दाहालद्वारा मतदान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै. . .