समाचार

पोखरा विमान दुर्घटनाको एक महिनापछि सापकोटा दम्पतीको अन्त्येष्टि

कास्की । पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा–२५ हेमजाका एक दम्पतीको एक महिनापछि आज अन्त्येष्टि गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका हेमजा हनुमानचोक निवासी राजन सापकोटा र उहाँका श्रीमती आनिषा बानियाँ सापकोटाको हेमजा सेती नदी मराङघाटमा अन्तिम संस्कार गरिएको. . .


कर्मचारी अभावमा अनुसन्धान प्रभावित

धनकुटा । लामो समयदेखि प्राविधिक कर्मचारीहरू रिक्त हुँदा धनकुटाको राष्ट्रिय सुन्तला जात अनुसन्धन कार्यक्रम प्रभावित भएको छ । विसं २०१८ मा धनकुटा नगरपालिका–१० पारिपात्लेमा कृषि अनुसनधान केन्द्रका रूपमा स्थापित यस केन्द्रलाई २०५२ सालपछि सम्पूर्ण अमिलो जात फलफूलको अनुसन्धानको जिम्मा दिइएको थियो �. . .


रास्वपा तत्काल सरकारमा नजाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्कालका लागि सरकारमा सहभागी नहुने निर्णय गरेको हो । पूर्वसहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय भएको पार�. . .


अपहरणमा परेका पटवालको प्रहरीद्वारा उद्धार, आठजना पक्राउ

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाबाट अपहरणमा परेका एकजनालाई प्रहरीले उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा आठजनालाई पक्राउ गरेको छ । वीरगञ्जका विशालकुमार पटवाललाई हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी सदाम अन्सार�. . .


हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह

काठमाडौँ । हात्ती आतङ्कका कारण समस्या भोग्नुपरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरिएको छ । मेचीनगर नगरपालिकाका–४ का वडाध्यक्ष अर्जुन कार्कीले यहाँ आज पत्रकार सम्मेलन गरी हात्तीपीडित जनतालाई उचित राहत प्रदान गर्नसमेत सरकारसमक्ष माग गर्नुभयो । उहाँले खासगरी मेचीनगर नगर�. . .


एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए

काठमाडौँ । नेकपा (एमाले) ले दुईमहिने वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियानका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । यही फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गरी सुरु हुने ‘मिसन ग्रासरुट’ अभियानका लागि आज जिम्मेवारी तोकिएको हो । केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा �. . .


‘स्रोत नखुलेको सम्पत्तिमा कर तिरेमा स्वतः वैधता प्राप्त नहोस्’

काठमाडौँ । नेपाल सरकारले २०७९ माघ २७ गते संसद् सचिवालयमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएकामा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले ध्यानाकर्षण भएको जनाएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड�. . .


टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजार पुग्यो

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा तीन हजार ५८१ जनाको मृत्यु भएको छ । अझै पनि दुबै देशमा उद्धार कार्य �. . .


परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

काठमाडौँ । परराष्ट्र मन्त्री डा विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका �. . .


सरकारले छ महिनामा उठायो साढे ५६ अर्ब ऋण

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिव�. . .


पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उहाँले पर्यटन क्षेत्रबाट थोरै लगानीबाट पनि धेरै विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभयो । मन्त्री कि. . .


मृतक प्रेम आचार्यको परिवारलाई दाबी भुक्तानी वापतको रकम हस्तान्तरण

मङ्गलबारे । प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले रू ५० लाख १२ हजार एक सय ९४ दाबी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो । नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा भोलिपल्�. . .