समाचार

उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मु�. . .


‘सीप भए पैसा कमाउन ग्राह्रो छैन’

धनकुटा । सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आउनुभएका कृष्ण रसाइली । धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न लहर चलेको छ । तराईमा जमिन किन्न होडबाजी छ �. . .


सोलुखुम्बुको थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबिबीएस पढाउनुहुने भएको छ । उहाँले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस पढाउने निर्णय गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट दोस्�. . .


अबदेखि होटल र रेस्टुरेन्टले सेवा शुल्क लिन नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले होटल–रेस्टुरेन्टलगायतले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्न परमादेश जारी गरेको छ । कर निर्धारण र असुलीको मान्यताविपरीत रहेको भन्दै अदालतले उपभोक्तामा थपिएको अतिरिक्त आर्थिक बोझ खारेजीको आदेश गरेको हो तर लामो समयदेखि सेवा प्रदायकले खारेजीको माग गरिरहेको दूरसञ. . .


काँचुली फेर्दै प्रादेशिक अस्पताल

झापा । प्रादेशिक अस्पताल भद्रपुरको नाम फेरिएसँगै अब भवन पनि नयाँ बनेको छ । साविक ‘मेची अञ्चल अस्पताल’ अब नाम फेरिएर ‘प्रादेशिक अस्पताल’ भएको हो । विसं २०१५ मा २५ शय्याको सानो अस्पतालका रूपमा यसको स्थापना भएको थियो । विसं २०३४ मा यसको स्तरोन्नति हुँदै शय्या सङ्ख्या बढेर ५० पुगेको अस्पतालका सूचना अधिका. . .


महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु, २८ घाइते

जलेश्वर । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–२ बस्ने ६० वर्षीय गोगाई ठाकुर �. . .


विराटनगरमा हुने सीएनआई कोसी एक्स्पोमा सगरमाथादेखि केचनासम्म हेर्न पाइने

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको सीएनआई कोसी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सवैभन्दा होचो स्थान केचना कवल हेर्न पाइने भएको छ । प्रदेश १ को भौगोलिक, जातीय र साँस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवल�. . .


माओवादी केन्द्रको बैठक : समसामयिक विषयमा छलफल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समसामयिक विषयमा संक्षिप्त लिखित प्रतिवेदन प्रस्तुत गर्नुभएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी. . .


आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्रालयले आज सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो । अर्थ मन्त्रालयका उपसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति �. . .


माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी हुने भएको हो । महासङ्घका महासचि�. . .


प्रदेशसभाको बैठक माघ २३ गते बस्ने

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि बोलाइएको छ । पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको बैठक माघ २३ गतेका लागि बोलाइएको हो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले छैठौं बैठक २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको ज�. . .


नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार एक सय ८३ दशमलब २१ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १० अङ्कले ओर�. . .