समाचार

हिउँ नपर्दा सोलुखुम्बुका किसान चिन्तित

सोलुखुम्बु । यो वर्ष समयमा हिउँ र पानी नपर्दा हिमाली जिल्ला सोलुखुम्बुका किसान चिन्तित छन् । विगतका वर्षमा मङ्सिर र पुसमै हिउँ पर्ने सोलुखुम्बुमा यसवर्ष माघ लागिसक्दा पनि हिउँ नपर्दा बालीनाली सुक्न थालेका छन् भने हिमालहरु पनि कालो पहाडमा परिणत हुँदै गएका छन् । विगतमा यतिबेला यहाँका खेतबारी र डाँडा. . .


नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीको शपथ

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ ग. . .


भोजपुरका सुदन बने नागरिक उड्डयन तथा पर्यटनमन्त्री

विराटनगर । मंसिर ४ को निर्वाचन ताका चुनावी अभियानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोजपुर पुगेर सुदन किराँतीलाई मन्त्री बनाउने प्रतिवद्धता जाहेर गरेका थिए । उनले भोजपुरवासीलाई किरातीलाई जिताएर पठाउन आग्रह समेत गरेका थिए । सोहि अनुसार उनले प्रदेश १ का संस्थापक पूर्वमुख्यमन्त्री शेरधन राई. . .


मोरङका अमनलाल मोदी बने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

विराटनगर । विपन्न परिवारमा हुर्किएका अमनलाल मोदी २०४२ साल असोज ५ गते मोरङको बुढीगंगा गाउँपालिका तिलाठेमा जन्मिएका हुन् । २०५६ साल देखि राजनीतिक यात्रा आरम्भ गरेका उनी माओवादीको जिल्ला कमिटी सदस्य, राज्य कमिटी सदस्य, केन्द्रीय आयोजक समिति सदस्य बने । अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्. . .


“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”

पोखरा । फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०/१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उहाँको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो । “क�. . .


नेपाल टेलिकमकाे सेवा देशभर अवरुद्ध

काठमाडौँ । नेपाल टेलिकमकाे सेवा देशभर अवरुद्ध भएकाे छ । कम्पनीकाे ल्यानलाइन, प्रिपेड तथा पाेस्पेट सेवा मंगलबार अपराह्न १२ बजेदेखि अवरुद्ध भएकाे हाे । टेलिकमकाे आधिकारिक वेबसाइट पनि बन्द छ । देशभरका उपभोक्ताले टेलिकममा के भएको हो ? भनेर जिज्ञासा राखिरहेको भएपनि टेलिकमले हालसम्म कुनै जानकारी दिए�. . .


भोजपुरबाट चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ

भोजपुर । भोजपुरमा चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ। १३ वर्षीया २ जना र १५ वर्षीया २ जना बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा हतुवागढी गाउँपालिका-३ सिद्राङ बस्ने ३७ वर्षीय पुर्ण कुमार राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । राईले विभिन्न �. . .


माओवादीले टुङ्ग्यायो मन्त्री, सञ्चारमा शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । शर्मा सूचना, सञ्चार तथा प्रविधि, किराँती संस्कृति, प�. . .


सुदन किराँती मन्त्री बन्दै छु भन्दा बुवाले नपत्याए पछि……..

विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् भोजर इन्चार्ज समेत रहेका सुदन किराँती मन्त्री बन्ने पक्का भए पछि उनले एक घण्टा अगाडी सामाजिक सञ्जालमा आफ्नो बिरामी बुवासँग गरेको कुराकानी पोष्ट गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री लागेको उनले आफ्नो बुवालाई फोन मार्फत सुनाए । तर, ब�. . .


तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला र. . .


कालिञ्चोक दर्शन आइपिओ खुला

काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी रु ६० करोड को १८ प्रतिशतले �. . .


विराटनगरको ल्याण्डफिल्ड साइड पुगिन् उपप्रमुख कार्की, जोखिमयुक्त फोहोर देखिएपछि संकलक कम्पनीलाई महानगर बोलाईयो

विराटनगर । विराटनगर–६ को ल्याण्डफिल्ड साइडको महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले मंगलबार बिहान निरीक्षण गरेकी छिन् । विराटनगरका अस्पतालबाट उत्पादन हुने जोखिमयुक्त फोहोर जथाभावी फाल्ने गरेको खुलेपछि उपप्रमुख कार्कीले स्थलगत निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा अस्पतालमा प्रयोग भए. . .