समाचार

नवौँ राष्ट्रिय खेलकुद : सेनालाई फेन्सिङमा पाँच स्वर्ण पदक

कास्की । पोखरामा जारी नवौँं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पुरुष ‘टिम इपि’ खेल विधामा विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालाको ब्याडमिन्टन कोर्टमा आज सम्पन्न फाइनल खेलमा सेनाले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई ४५–२८ अङ्कले पछि पार्दै स्वर्ण जिते. . .


नवौँ राष्ट्रिय खेलकुद : खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्वपूर्ण अवसर

गण्डकी । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ३९ वर्ष अघि २०४० सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको दर्शक हुनुहुन्थ्यो । आज त्यही पोखरामा चार दशकपछि नवौंँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच औपचारिक उद्घाटन हुँदैछ । तत्कालीन समयमा दर्शकका रुपमा रङ्गशाल�. . .


निर्वाचन विशेष : विजय गच्छदार र भगवती चौधरीको तेश्रो भिडन्त

सुजता लिम्बु विराटनगर । पाँच वर्षअघि एउटै चुनावी मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका एमाले नेतृ भगवती चौधरी र काँग्रेस नेता विजयकुमार गच्छदार पुनः उही मैदान छन् । चार निर्वाचनमध्ये सुनसरीको क्षेत्र नम्बर– ३ मा काँग्रेस नेता गच्छदार र एमाले नेतृ चौधरी प्रतिस्पर्धामा उत्रिएका हुन् । उनीहरुको यो ते�. . .


विराटनगरको शुभ ब्याङ्वेट एण्ड रेष्टुरेन्टबाट मगाइएको चिकेन चिल्ली परिकारमा ‘साङलो’

विराटनगर । विराटनगरको एक रेष्टुरेन्टबाट अनलाईन मार्फत होम डेलिभरी गरिएको खानेकुरामा मरेको साङ्लो भेटिएको छ । विराटनगर १ निवासी कविता बरालले अनलाईन मार्फत होम डेलिभरी खरिद गरेको चिकेन चिल्लीमा साङ्ला फेला परेको हो । विराटनगर ४ कञ्चनबारी उत्तर धिताल पेट्रोल पम्प नजिकै रहेको शुभ ब्याङ्वेट एण्ड रेष्�. . .


सुनको मूल्य घट्यो

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो। छापावाल सुन प्रतितोला ९४ हजार एक सय र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन सुन तोला ९४ हजार २०० रु�. . .


‘नालापानी’ फिल्मलाई कर छुट गराउन पहल

काठमाडौं । नालापानीको इतिहासमा फिल्म निर्माण भएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल –अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नुभएका वीर बलभद्र कुँवरको लडाइँमा आधारित रहेर निर्माण गरिएको ‘नालापानी’ लाई कर छुट गराउन पहल सुरू भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भु�. . .


विश्व अण्डा दिवस : जनचेतना अभावमा अण्डा खपत कम

चितवन । स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने अण्डा जनचेतनाको अभावमा खपत कम भएको छ । अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्व, ठिक्क मात्रामा चिल्लो पदार्थ पाइने भएर पनि यसको खपत भने कम भएको हो । विज्ञका अनुसार मानिस शरीरले सजिलैसँग शोषण हुने एकमात्र खाद्यवस्तु अण्डा हो । यसमा. . .


कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै, घोषणा पत्रलाई अन्तिम रुप दिने

काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सनेपामा दिउँसो २ बजे बस्ने बैठकमा घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसैगरी बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशस�. . .


सुनसरीमा प्रतिनिधिसभातर्फ चार पदका लागि ९४ को उम्मेदवारी

इनरुवा । आउने मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाअन्तर्गत सुनसरीमा प्रतिनिधिसभातर्फ चार पदका लागि ९४ जनाले उम्मेदवारी कायम राखेका छन् । जिल्लामा चार निर्वाचन क्षेत्र रहेको छ । निर्वाचन आयोगले तय गरेको समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय सुनसरीले स�. . .


नवौँ राष्ट्रिय खेलकुद : आइटिएफ तेक्वान्दो शनिबारदेखि

बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि यहाँ सुरु हुने आइटिएफ तेक्वान्दोको सबै तयारी पूरा भएको छ । सदरमुकामस्थित बाङ्गेचौर कर्भडहलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको जनाइएको छ । खेलस्थल सुधार, सामग्री व्यवस्थापन, साजसज्जादेखि खेलाडी, प. . .


ब्राजिलमा कोभिडको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन

ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय जनाको ज्यान गएको छ । जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो । सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड १९ को उपचारमा खटेका स्वास्थ्यकर्मीमा चार हजार पाँच सय जनाको ज्यान गएको पाइएक. . .


नवौँ राष्ट्रिय खेलकुद : उद्घाटनसहित आठ खेल सुरु हुँदै

कास्की । बहुप्रतिक्षित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद आजदेखि गण्डकी प्रदेशको राजधानी सहर पोखरालगायतका अन्य जिल्लामा औपचारिक सुरु हुँदैछ । पोखरा रङ्गशालामा अपराह्न ४ः०० बजे हजारौँको उपस्थितिमा भव्य उद्घाटन हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक राष्ट्रिय खेलकुद �. . .