समाचार

हस्तकलाको सीप पुस्तान्तरण गर्न सरकारको सहयोग हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली हस्तकलाको मौलिक सीपलाई पुस्तान्तरणका लागि सरकारको तर्फबाट सार्थक सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको मौलिक सीपका रुपमा रहेको हस्तकला सीप आगामी पुस्तामा नजाने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको बेला प्रधानमन्त्रीले पुस्तान्. . .


पाँच महिनामा भित्रियो चार खर्ब ८० अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रू चार खर्ब ८० अर्ब ५० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह छ दशमलव त�. . .


मूल्यवृद्धि साढे सात प्रतिशत नजिक

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति करिब साढे सात प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ . . .


अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन फागुनमा

काठमाडौँ । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाविधेशन फागुनमा हुने भएको छ । अनेरास्ववियुका महासचिव समिक बडालले आगामी फागुन २ देखि ४ गतेसम्म महाअधिवेशन गर्ने निर्णय गरिएकोे जानकारी दिनुभयो । अनेरास्ववियुको यसअघि २०७२ मा २२ औं राष्ट्रिय अधिवेशन भ. . .


‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि कार्ड खरिद गरिँदै

काठमाडौँ । यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ । कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ । सबै प्रक्रिया पूरा गरेर ल्याउन चार÷पाँच महिना लाग्नसक्ने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेर. . .


सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने पत्र काठमाडौँ अदालतमा

काठमाडौं । उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौँ आइपुगेको छ । लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौँ जि�. . .


रुसद्वारा चीनको कोभिड-१९ नीतिको स्वागत

रुसले सीमापार आवतजावत र माल-सामान ढुवानी लगायतका विषयमा कोभिड-१९ नीतिहरूलाई अनुकूलन गर्ने चीनको निर्णयलाई सकारात्मक रूपमा लिएको छ । रुसी विदेश मन्त्रालयले चीनलाई गतिशील, विकासशील मित्रराष्ट्र भन्दै दुई देशका बहुपक्षीय एवं व्यावहारिक सम्बन्धलाई थप सुदृढ र विविधीकरण गर्न इच्छुक रहेको उल्लेख गरेको. . .


प्रदेश १ को उपसभामुखमा एमालेले सिर्जना दनुवारलाई उम्मेदवार बनाउने

विराटनगर । नेकपा एमालेले प्रदेश १ को उपसभामुखको उम्मेदवार सिर्जना दनुवारलाई बनाउने भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजेका लागि तोकेका छन् । दनुवार उदयपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् । प्रदेश �. . .


मोरङको सलकपुरमा शिल्पी थिएटरको मुक्त रंगमञ्च

विराटनगर । शिल्पी थिएटरले मोरङको सुन्दरहरैंचा–८ सलकपुरमा नाट्यकेन्द्र स्थापना गर्ने भएको छ । सुन्दरहरैंचा नगरपालिकाले उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा पाँच विधालाई समेट्ने गरि नाट्यकेन्द्र स्थापना गरिने भएको हो । शिल्पी थिएटरका कला निर्देशक घिमिरे युवराजका अनुसार पहिलो चरणमा मुक्त रंगमञ्चको स. . .


इलामको दानाबारी जोड्ने सडकमा कालोपत्र

झापा । झापाको दुर्गापुरबाट र इलामको दानाबारी बजार जोड्ने १२ किलोमिटर सडकमा धमाधम कालोपत्र भइरहेको छ । प्रदेश नं १ को भौतिक तथा पूर्वाधार मन्त्रालयको रु २३ करोड ४८ लाख ६६ हजारको लागतमा बन्दै गरेको सडकको छ किलोमिटर कालोपत्र सम्पन्न भइसकेको छ । यो सडक तराई र पहाड जोड्ने महत्वको सडक भएकाले प्रदेश सरकार�. . .


प्रदेश १ मा तीन मन्त्रीको शपथ

विराटनगर । प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराइएको हो �. . .


बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’

काठमाडौँ । आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरुले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन् । बच्चालाई अर्को आमाको खुवाउनका लागि अहिले थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालले स्थापना गरेको ‘ह्युमन मिल्क बैंक’ निकै प्रभावकारी देखिएको छ । . . .