समाचार

जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

काठमाडौं । मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै हुनुहुन्छ । उहाँ निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लाग्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ �. . .


मोरङ–६ मा निर्वाचनको अलग्गै चर्चा

विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं ६ धेरैको चासो र चर्चाको विषय बनेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला लोकतान्त्रिक–वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार हुनुहुन्छ भने उहाँका प्रमुख प्रतिस्पर्धीका रुपमा . . .


विश्वकप फुटबल खेल्नको लागि अर्जेन्टिनाको टिम कतार पुग्यो

काठमाडौं । आइतबारबाट सुरु हुने फिफा विश्वकप फुटबल खेल्नको लागि अर्जेन्टिनाको टिम कतार पुगेको छ । बिहीबार बिहान फेसबुक पेजमार्फत फोटो सार्वजनिक गर्दै कतार प्रस्थान गरेको जानकारी दिएको हो। अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरिएको हो। अर्जेन्टिना समूह ‘सी’मा प�. . .


म्यान्मारले करिब छ हजार कैदीलाई रिहा गर्ने

म्यान्मारको सेनाले बेलायतका पूर्व राजदूत, एक जापानी पत्रकार र एक अष्ट्रेलियाली आर्थिक सल्लाहकारसहित करिब छ हजार कैदीलाई रिहा गर्ने बिहीबार जनाएको छ । सेनाप्रति बफादार (जुन्ता) सरकारको निर्णय अनुसार राष्ट्रिय दिवसका अवसरमा रिहाई गरिएका स्वदेशी तथा विदेशी नागरिकलाई तीन वटा बसमा राखि जेलबाट बाहिर पठ. . .


राष्ट्रिय हित, स्वाधिनता रक्षा गर्न भोट माग्दैछु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट भाग्नुभएको छ । “म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु”, निर्वाचनको प�. . .


गठबन्धनका दलबीच पाँच वर्ष सहकार्य गर्ने सहमति भएको छ : गगन थापा

काठमाडौं । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा गरेकाले यस क्षेत्रप्रति सबैको च�. . .


पहिलो तीन महिनामा निक्षेप र कर्जा बृद्धिदर सुस्त

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप र कर्जाको वृद्धिदर सुस्त देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्ममा निक्षेप शून्य दशमलव चार र कर्जा एक दशमलव तीन प्रतिशतले मात्रै बढेको देखिएको हो । गत �. . .


दुई सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार फेरि बन्दै

कीर्तिपुर । करिब साढे दुई सय वर्षअघि भत्किएर भग्नावशेषसमेत लोप हुने अवस्थामा पुगिसकेको कीर्तिपुर दरबार (लायकु) पुनः अस्तित्वमा ल्याउने प्रयास सुरु भएको छ । कीर्तिपुरको सर्वाधिक ठूलो र महत्पूर्ण सम्पदा मानिएको लायकु दरबार लामो समयसम्म राज्यबाट ओझेल पर्नुका साथै स्थानीयवासीको अतिक्रमणमा समेत परेर �. . .


बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ । कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो । कपास विकास बोर्डका अतिरिक्त निर्देशक मोहम्मद फख्रे आलम इब्ने ताबिबले भन्नुभयो, “कपा. . .


झापामा हात्ती मृत भेटियो

झापा । झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो । मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले ज�. . .


कार र ग्यासका कारण अक्टूबरमा अमेरिकी खुद्रा बिक्रीमा वृद्धि

अक्टोबरमा अमेरिकी खुद्रा बिक्रीमा अपेक्षा गरिएभन्दा वृद्धि देखिएको छ । ग्याँसको उच्च मूल्य र कार बिक्रीका कारण बढेको मूल्यको दबाबको प्रभाबपछि खर्चमा लचिलोपन देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी उपभोक्ताहरूले किराना सामानदेखि लुगाफाटासम्मका सबै चीजहरू महङ्गो बनाएको कारण बढ्दो लागतलाई . . .


घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको . . .