समाचार

विराटनगरको उपमेयरद्वारा उद्यमशीलता विकास तालिमको अनुगमन

विराटनगर । विराटनगरमा सञ्चालित पहिलो चरणको उद्यमशीलता विकास तालिमको उपमेयर शिल्पा निराला कार्कीले अनुगमन गरेकी छन् । अनुगमन समितिकी संयोजकसमेत रहेकी उपमेयर कार्कीले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत विराटनगर वडा नम्बर १७ मा सञ्चालित तालिमको अनुगमन गरेकी हुन् । गत वर्ष लघु उ�. . .


जाडोसँगै सुनसान बन्यो ताप्लेजुङको हिमाली गाउँ तोक्पेगोला

ताप्लेजुङ । चिसो बढेसँगै ताप्लेजुङको हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान हुन पुगेको छ । हिउँदको चिसो छल्न यहाँका मानिस बस्ती छाडेर अन्यत्र सरेपछि तोक्पेगोला सुनसान बन्न पुगेको हो । हिउँदको कठ्याङ्ग्रिदो जाडो सुरु भएसँगै यहाँका बासिन्दा तल्लो भेगमा पर्ने पापुङ, दोङ्गेन, तार्तोङ, लाम्साङ र सङ्खुवासभ. . .


सिरहाबाट हत्यामा संलग्न भएको आरोपमा दुई पक्राउ

सिरहा । सिरहा प्रहरीले महिला हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक र वडा नं २ मलनियारीका २० वर्षीय रामकुमार महतो कोइरीलाई पक्राउ गरेको हो । हत्. . .


भोलि राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आउने, सुरक्षाव्यवस्थामा कडाइ

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आँउदैछिन् । विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ कार्यक्रम उद्धघाटन गर्न भोलि (विहिवार) राष्ट्रपति भण्डारी आउने कार्यक्रम तय भएको हो । एक साता सम्म हुने कृर्षी तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीको पहिलो दिन. . .


‘विराट एक्स्पो २०७९’ को सम्पुर्ण तयारी पुरा, भोली स्वप्न सुमन आउने

विराटनगर । विराटनगर १४ स्थित डिग्री क्याम्पस परिसरको खेल मैदानमा आगामी भोली २९ गतेदेखी हुन लागेको सातौं विराट एक्स्पो २०७९ को सम्पुर्ण तयारी पुरा भएको छ । उद्योग संगठन मोरङको आयोजनामा हुन लागेको एक्स्पोको भित्री र बाहिर कामहरु प्राविधीक टोलीहरुले स्टल राख्ने ठाँउदेखी मंच र गेमिङ जोनहरु जडान गर्ने �. . .


वाणिज्य बैंकले चैतदेखि स्प्रेडदर चार दशमलव दुई प्रतिशत कायम गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर (स्प्रेडदर) घटाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै चैतदेखि वाणिज्य बैंकले चार दशमलव दुई प्रतिशत र विकास बैंक तथा वित्त कम�. . .


प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित

काठमाडौं । प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की), शान्ति परियार (चितवन), रुपा विक (कपिलवस्तु), सीता मिजार (नुवाकोट) र आशा विक (बाँके)सहित. . .


धरानका प्रमुख साम्पाङलाई अभिव्यक्ति सच्याउन दलित आयोगको अनुरोध

काठमाडौं । राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ । आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर �. . .


देशको नेतृत्व गर्ने अवसर पाए आउँदा पिँढीले सम्झने काम गर्छु : अध्यक्ष दाहाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्तीको आज समापन समारोहमा उहाँले आफू देशको नेतृत्व गर्ने ठाउ�. . .


चारतारे होटलको ‘किचन’ मा महिला सेफ

काठमाडौँ । नेपालमा सञ्चालित अधिकांश तारे होटलमा पुरुष कार्यकारी सेफ्स रहे पनि ठमेलस्थित एक चारतारे होटलमा भने नेपाली महिलाले कार्यकारी सेफ्सको रूपमा नेतृत्व गर्नुभएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित भेटघाट चोकमा जन्मनुभएकी कार्यकारी सेफ्स भोजकुमारी शाहले पछिल्लो एक महिनादेखि ठमेलस्�. . .


चार हजार बढी उम्मेदवारको धरौटी रकम जफत

काठमाडौँ । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार हजार दुई सय ८५ जना (७६.०४ प्रतिशत) उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरि. . .


लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट निवेदन दायर भएको छ । अधिवक्ताद्वय युवराज सफल र रविराज बर्तौलाले आज दायर गरेको रिट निवेदनमा नेपाली नागरिक नभएकाले लामिछानेको सांसद पद खारेजीको माग गरिएको छ । रिट निवेदनमा भनिएको छ, “लामिछ. . .