समाचार

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ घाइते

काठमाडौँ । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको राससलाई जानकारी दिनुभयो । घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको उहाँले बताउनुभयो । मनास्ल�. . .


५३ जनामा सङ्क्रमण

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा दुई हजार छ सय २४ परीक्षणमध्ये ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज ८४ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई �. . .


उन्नाइस किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

कमला । सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो । शरीरको विभिन्न भागमा लुकाएर साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जाँच गर्दा पक्राउ गरिएक�. . .


फिलिपिन्सिमा ‘नोरु’ आँधीबाट छ जनाको मृत्यु

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तशिाली आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् । फिलिपिन्सको लुजोन टापुमा आइतबार दिउँसोदेखि भारी वर्षा र हावाहुरीसहित आएको सुपर टाइफुन ‘नोरु’ले सताएको छ । टाइफुन नोरुले रुखहरु, बिजुलीको खम्बा ढालेको र बाढीले पनि सताएको जनाइएको छ । र�. . .


स्वास्थ्यमन्त्री यादवले मन्त्रालयको आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीकाे तस्बिर हटाए

विराटनगर । प्रदेश नं. १ का स्वास्थ्यमन्त्री जयराम यादवले मन्त्रालयको आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका छन् । मन्त्री यादवले राष्ट्रपतिको ठाउँमा प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रधानमन्त्रीको ठाउँमा मुख्यमन्त्री राजेन्द्रकुमार र. . .


दक्षिण कोरियामा थप चौध हजार सङ्क्रमित

दक्षिण कोरियामा कोरोना भाइरसबाट थप १४ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप १४ हजार १६८ जना सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ४६ लाख ३४ हजार छ सय ३४ पुगेको स्वास्थ्य अधिकारीह�. . .


ओहायो नेपाली फुटबल : चुके एफसी र कोलम्बस स्टार विजयी

काठमाडौं । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ । त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम र भेट्रानतर्फ सिन्सी इन्ट्रा फुटबल क्लब विजयी भएका छन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्ड�. . .


विराटनगर कञ्चनबारीमा खुल्यो साथी मार्टको ११३ औं स्टोर

विराटनगर । विराटनगर–३ कन्चनबारीमा साथी मार्टको ११३ औं फ्रेन्चआईज स्टोर खुलेको छ । खाद्यन्न, कस्मेटिक, पेय पदार्थसहित घरायसी प्रयोजनका सामाग्री एकै स्थानमा बिक्री गर्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको हो । विराटनगरका युवा व्यवसायी नविन गिरी (बलराम) ले ६० लाख लगानीमा सञ्चालनमा ल्याएको मार्टको १. . .


मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइँदै

धनुषा । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा साढे २३ हजार बढी म्यादी प्रहरी खटाइने भएको छ । मधेश प्रदेशका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमल्सिनाले मधेस प्रदेशको आठ जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा सुरक. . .


आजदेखि पूर्वीनाका काँकडभिट्टाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

झापा । मेची भन्सार कार्यालयले आजदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ । तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतबार सूचना जारी गरे�. . .


बडादसैँ सुरु : घटस्थापनाको दिन विराटनगरको काली मन्दिरमा भक्तजनहरु(फोटो फिचर)

विराटनगर । नवरात्रको पहिलो दिन आज विराटनगरको काली मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दैछन् ।घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि श�. . .


वनमन्त्री यादव अमेरिका प्रस्थान

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ । यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव सरकारका तर्फबाट गए राति अमेरिका प्. . .